वीरगञ्ज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाउँपालिका वडा नम्बर ५ भौराटार घर भई हाल कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन् ।
नुनियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेको हो । नुनियाले सात जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भन्दै पीडितहरुबाट पटक पटक गरी ३ लाख रुपैयाँ लीइ सम्पर्कबिहीन भएको प्रहरीको आरोप छ ।
पक्राउ परेका नुनियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।