• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार २२:१९
  • ११७३

    वीरगन्ज । पर्सा–बारा औद्योगिक कोरिडोर क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिन यस क्षेत्रका उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेका छन् । मन्त्री रिजालको स्वागत तथा सम्मानमा गृह जिल्ला पर्साको वीरगन्जमा मंगलबार आयोजित कार्यक्रममा यहाका उद्योगी व्यवसायीले पर्सा–बारा क्षेत्रका उद्योग व्यवसायमा विद्यमान समस्या समाधानका लागि आग्रह गरेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले पहिलोपटक पर्साले उद्योगमन्त्री पाएकोले उनकै कार्यकालमा निजी क्षेत्रमैत्री नयाँ युगको प्रारम्भ हुने विश्वास लिएको बताए । उद्योगमन्त्री रिजाल सामु निजी क्षेत्रका समस्या सुनाउदै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले देशकै ठूलो पर्सा– बारा औद्योगिक कोरिडोरलाई औपचारिक रुपमै औद्योगिक क्षेत्र घोषणा गराउन पहलकदमी लिइदिन मन्त्री रिजाललाई आग्रह गरे । सरकारले औद्योगिक क्षेत्र घोषणा नगरिदिदाँ यसबापत सरकारबाट पाउने सेवा सुविधा उद्योगी व्यवसायीले पाउन नसकेको र यस क्षेत्रमा वैदेशीक लगानी पनि भित्रयाउन नसकिएको गुनासो अग्रवालले गरे ।

    पर्सा– बारा औद्योगिक कोरिडोरमा अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्र र औद्योगिक सुरक्षा बल स्थापना गराइदिन पनि उनले आग्रह गरे । वीरगन्जमा रहेको सुख्खा बन्दरगाह (आइसिडी ) र एकिृत जाँच चौकी (आइसिपी) २० वर्ष पहिलेकै संरचनमा चलिरहेकाले ती दुवैको भौतिक पुर्वाधार विस्तारको खाँचो रहेको पनि उनले मन्त्री रिजालाई सुनाए । दुवैमा सुविधासम्पन्न खाद्यान्न क्वारेन्टाइन स्थापना पनि गरिदिन उनले आग्रह गरे । यस्तै औद्योगिक कोरिडोरका उद्योगबाट निस्कने फोहोर व्यवस्थापनका लागि औद्योगिक डम्पिङ साइड निर्माण गरिदन पनि उनले आग्रह गरे । बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएपनि त्यसको कार्यान्वयन सुस्त रहेको र त्यसको सफल सन्चालन हुन नसकेको गुनासो गर्दै अध्यक्ष अग्रवालले भने,‘ सेजमा उद्योगका लागि जग्गा भाडा पनि निक्कै महङगो छ , त्यसलाई घटाइ दिनुपर्छ अनि मात्र त्यहा उद्योगहरुको लगानी बढ्नसक्छ ।

    औद्योगि कोरिडोरमा विद्युतको ट्रिपिङ र अघोषित लोडसेडिङले उद्योगीहरु अक्रान्त रहेकाले यो समस्या समाधानका लागि उर्जामन्त्रालयमा पहल गरिदिन पनि मन्त्री रिजाललाई उनले आग्रह गरे । मन्त्री रिजाललाई इंगित गर्दै अध्यक्ष अग्रवालले भने,‘ तपाईसामु हामीले यी सारा समस्या राख्नुको एउटै उदेश्य के हो भने तपाई यहिको हुनुहुन्छ , तपाई हाम्रो अभिावक पनि हो , त्यसकारण तपाईकै कार्यकालमा यी सबै समस्या सम्बोधन होस् भन्ने हामीसबैको अपेक्षा मात्र होइन विश्वास पनि लिएका छौं । कार्यक्रममा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आर्थिक एंव औद्योगिक नगर वीरगन्जले पहिलो पटक पर्साकै वासिन्दा रमेश रिजाललाई उद्योगमन्त्रीका रुपमा पाएकाले रिजालको कार्यकालमा यहाको नीजी क्षेत्रको समस्या यदि सम्बोधन भएन भने त्यसपछिका दिनमा यहाका उद्योगी व्यपारीले सरकारबाट कुनै पनि कुराको अपेक्षाा गर्नु नै व्यर्थ हुने बताए । वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एंव वीरगन्जका पुर्व मेयर विजय सरावगीले औद्योगिक र वाणिज्य क्षेत्रका लागि दीर्घकालीन नीति बनाउन मन्त्री रिजालसंग आग्रह गरे ।

    वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्माले अहिलेको औद्योगिक कोरिडोर मानववस्तिका बिचमा परेकाले ग्रामीण भेगतिर जग्गा खोजेर नयाँ औद्योगिक कोरिडोर स्थापनाका लागि पहलगरिदिन मन्त्री रिजालसंग आग्रह गरे । वीरगन्जमा बन्द रहेको चिनी कारखाना सम्भव भए सन्चालनका लागि पहल गरिदिन नभए त्यसको जग्गा जोगाइदिन पनि उनले मन्त्री रिजाललाई आग्रह गरे । पर्सा–बाराका उद्योगी व्यवसायीको समस्या र सुझाव सुनेपछि उद्योगमन्त्री रिजालले वीरगन्जलाई आर्थिक राजधानी र औद्योगिक नगरी भनिएपनि यहाका उद्योगी व्यपारी ठगिएको स्वीकारे । उनले भने,‘ एक त वीरगन्जमा उद्योगमैत्री वातावरण नै छैन , त्यसमा पनि यहाका उद्योगी व्यपारी राज्यबाटै ठगिदै आएका छन् । तर अब त्यस्तो हुन नदिने उनले बताए । मन्त्री रिजालले भने,‘ म यहि जन्मेको यहि हुर्केको र यहि राजनीति गरिरहेको मान्छु हु , यहाको नीजी क्षेत्रको समस्याबारे जानकार छु , ती समस्या सम्बोधनका लागि मैले मन्त्रीको हैसियतामा हरसम्भव प्रयास गर्नेछु । उनले यस क्षेत्रका अगुवा उद्योगी व्यवसायीलाई एउटा टिम बनाएर समस्या सहित मन्त्रालयमा आउन आग्रह गरे । उनले भने,‘ तपाईहरु टिम बनाएर मन्त्रालयमा आउनुस् मैले मन्त्रालयका सचिव र विज्ञहरु राखेर छलफल गर्छु , एउटा रोड म्याप बनाएर अगाडि बढौला ।

    अहिलेको सरकार नीजी क्षेत्रमैत्री वातावरण र नीति निर्माणका लागि गम्भिरतापूर्वक लागिसकेको पनि उनले बताए । उनले भने,‘ यो सरकार पाँच वषर््ा नै टिक्छ , सरकार ५ वर्ष टिक्यो भने नीजी क्षेत्रका धेरै समस्याहरु समाधान हुन्छन् ।समग्र देशकै अर्थ व्यवस्था संकटमा रहेकाले उक्त संकटबाट माथि उकास्न नीजी क्षेत्रको साथ र सहयोग पनि अति आवश्यक रहेको पनि मन्त्री रिजालले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , संघका पूर्वअध्यक्ष प्रदीप केडिया , गोपाल केडिया , अशोक बैद्य, संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑