• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशभर कोरोना संक्रमण तीन अंकमा पुग्दा वीरगञ्जमा भने शुन्य

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार १६:५५
  • १५९३

    वीरगंज । नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट पुष्टि भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिमेकी मूलुक भारतमा देखिएको ओमिक्रोन एक्सबीबी ११६ पुष्टि भएको हो । देशभर कोरोना संक्रमणको संख्या तीन अंकमा पुग्दा वीरगञ्जमा भने शून्य देखिएको छ । नेपालमा कोरोना संक्रमणको हटस्पटको रुपमा २०७७ सालमा चिनिएको वीरगञ्जमा यतिवेला भने संक्रमित फेला परेका छैनन् । सीमानामा कडाई गरिएको र वीरगञ्जका अस्पतालमा आउनेहरुमा कोरोना संक्रमण भएको लक्षण नदेखिएकोले परिक्षण नभएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखाका प्रमुख रितेश जयसवालले बताउनु भयो । गर्मी बढेसँगै कारोनाको संक्रमण समेत बढ्दै जाँदा विशेष गरि भारतसँग सिमा जोडिएका शहर तथा गाउँहरुमा बढी जोखिम हुने गर्दछ । नेपालको मुख्य प्रवेशद्धार वीरगञ्ज–रक्सौल भएकाले यहाँ कोरोनाको जोखिम अन्य जिल्लाहरु भन्दा बढी देखिन्छ । यता छिमेकी मित्र राष्ट्र भारतमा समेत कोरोना सङ्क्रमणको चाँप बढेसँगै नेपालमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । पहिलो र दोस्रो लहरमा कोरोनाको हटस्पट बनेको वीरगञ्ज शहरमा नयाँ भेरिएन्ट भित्रिनू पूर्व नै नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोना परिक्षणलाई तिव्र पारिएको छ । नाकामा स्थापित हेल्थ डेस्कले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७७/०७८ मा ३६२५ जनाको कोरोना परिक्षण गरिएकोमा १९५ जनामा सक्रंमण पुष्टि भएको थियो । त्यस्तै ०७८/०७९ मा ३७९४५ जनामा परिक्षण गरिएकोमा ६४२ जना सक्रिय संक्रमित थिए । ०७९/०८० मा मात्रै २५२०३ जनाको परिक्षण गरिएकोमा १०१ जनामा संक्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाले तयार पारेको तथ्याङकमा उल्लेख छ ।

    नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकहरुलाई कोभिड परिक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिईने हेल्थ डेस्क ईन्चार्ज डाक्टर अनिषा महतोले बताउनुभयो । उहाँका अनुसार गत बिहिबार परिक्षणकै क्रममा दुईजना भारतिय पर्यटकमा कोरोना सक्रंमण पुष्टि भएको थियो । प्रमुख महतोले भारतको कलकत्ताबाट नेपाल आएका उनीहरुमा ¥यापिड टेस्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएपनि पिसिआर परिक्षण गर्न आवश्यक सल्लाह सुझाव दिएर पुनः भारत नै फिर्ता पठाइएको महतोको भनाई छ ।सोही दुईजना भारतिय नागरिकमा सङ्क्रमण पुष्टि भएसँगै आफूहरु समेत थप सतर्क भएको महतोले जानकारी दिनुभयो । उहाँका अनुसार नाकामै विशेष स्वास्थ्य सर्तकता अपनाएर दैनिक २ सय देखि ३ सय सम्म नागरिकको हेल्थ डेस्कमा कोरोना परिक्षण गरिन्छ । विशेष भारतबाट आउने पर्यटक र लामो समयसम्म सो क्षेत्रमा बसोबास गरेर फर्किएकाहरुलाई प्राथमिकतामा राखेर परिक्षणलाई तिव्र पारिएको उहाँले जिकिर गर्नुभयो । त्यस्तै भारतका विभिन्न ठूला शहरहरुबाट रक्सौल हुँदै आउने ट्रेनका यात्रुहरुलाई परिक्षणको दयारमा ल्याउने प्रयास भइरहेको उहाँको तर्क छ । हाल दैनिक रुपमा भारत–नेपाल ओहोरदोहोर गर्नेहरुलाई भने परीक्षणका लागि प्राथमिकतामा नराखिएको प्रमुख महतोको भनाई छ । भारतको विभिन्न शहरमा पुगेर नेपाल फर्कने नेपालीलाई समेत परिक्षणको दायरामा राखिएको छैन । अहिले नेपाल घुम्न आएका भारतीय वा रक्सौल नाका भएर नेपाल भित्रने तेश्रो मुलुकका नागरिकको मात्र कोरोना परिक्षण गरिएको छ ।

    यता कोरोना संक्रमण पुष्टि भएकाहरुलाई समयमै अस्पतालमा वा होम आईसोलेशनको लागि रिफर गरिने महानगरका प्रमुख राजेशमान सिंहले बताउनु भयो । उहाँका अनुसार कोभिडको संक्रमण बढने अवस्था देखिएमा महानगरपालिकाले आइसोलेशन र गम्भीर प्रकृतीका कोभिड संक्रमितहरुको उपचारको प्रवन्ध मिलाउने गरी पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनु भयो । नेपालमा पहिलो पटक कोरोना हटस्पटको रुपमा रहेको वीरगञ्जमा भने यसपटक अन्य जिल्लामा जस्तो संक्रमितको संख्या नरहेको मेयर राजेशमान सिंहले बताउनु भयो । नाकामा कडाइका साथ चेकजाँच भइरहेको छ, कोभिड संक्रमित विरामी वीरगञ्जमा भेटिएको सूचना मलाई छैन मेयर सिंहले भन्नु भयो ।नारायणी अस्पतालमा कोभिड परिक्षणका लागि दुईवटा मेशिन चालु अवस्थामा रहेको तर अहिले कुनै विरामीको परिक्षण नभएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चित्ररंजन साहले बताउनु भयो । नेपालीहरुमा ¥यापिड टेस्ट गर्दा सङ्क्रमण पुष्टि भए पिसीआर परिक्षणको स्वाब सङ्कलन गर्ने किटसमेत व्यवस्था गरिएको छ । स्वाब सङ्कलन गरेर थप परिक्षणको लागि नारायणी अस्पताल पठाइने र सङ्क्रमितलाई आइसोलेट गर्ने तयारी समेत रहेको उहाँले बताउनुभयो । सून्यमा झरेको सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दुईदेखि तिन अङ्कसम्म पुग्ने गरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सोमबार मात्रै १०४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । बढ्दो गर्मी मौसमसँगै विभिन्न जिल्लामा कोरोना सक्रंमण समेत तिव्र रुपमा फैलिएकाले यसबाट बँच्न चिकित्सकहरुले समयमै सर्तक रहन आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑