• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार १६:३७
  • १६७७

    वीरगंज । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालका गृह जिल्लावासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पसन्चालनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्सामा आएका मन्त्री रिजालको स्वागतमा मंगलबार वीरगन्जमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा जिल्लावासीले चिनी कारखाना सन्चालनमा ल्याउन आग्रह गरेका हुन् ।पर्सा देखि रौतहट सम्म तीन जिल्लाका किसानको समृद्धिसंग जोडिएको चिनी कारखाना बन्द भएलगत्तै किसानहरुको दुखका दिन सुरु भएकाले चीनी कारखाना सन्चालन हुनुपर्ने उनिहरुको माग थियो ।उद्योग मन्त्रालय मातहतमै रहेको चिनी कारखना मन्त्री रिजालको कार्यकालमै सन्चालनमा आए जिल्लाका किसानहरुको सुखका दिन फेरि फर्किने उनिहरुको तर्क थियो । पर्साका प्रदेशसभा सदस्य शंकर चौधरीले मन्त्री रिजाललाई आग्रह गर्दै भने,‘ जिल्लाले करिब दुइ दशकपछि मन्त्री पाएको छ , त्योपनि उद्यागमन्त्री , त्यसका कारण मन्त्री ज्युको पहिलो ध्यान चिनी कारखाना सन्चालन तर्फ जानुपर्छ , यदि चिनी कारखाना फेरि चल्यो भने यहाका किसानहरुमा फेरि खुशीका दिन फर्केर आउनेछ , त्यसपछि यो जिल्लामा बेरोजगारीको समस्या पनि समाधान हुन्छ ।

    कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लाको दुई तिहाई बढि जनसंख्या कृषिमा निर्भर रहेकाले चिनी कारखाना पुर्नसन्चालनमा ल्याउन उद्योगमन्त्री रिजालको ध्यानाकर्षण गराए । कुर्मीले भने,‘ यदिमन्त्री ज्युले चिनी कारखाना चलाइदिनु भयो भने जिल्लाभरका किसानको घरघरमा फेरि खुशी फर्किनेछ । कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले पनि बन्द चिनी काराखाना मन्त्री रिजालकै कार्यकालमा सन्चालनमा आउने आशा जिल्लावासीले गरेको बताए । उनले भने,‘ यसअघि उद्योगमन्त्री अरु जिल्लाका हुन्थे , उनिहरुले चासो देखाएनन् , अब त आफनै जिल्लाका उद्योगमन्त्री बन्नु भएको छ , त्यसका कारण जिल्लावासी चिनी कारखाना अब चल्छ कि भन्ने आशमा छन् । प्रदेशसभासदस्य श्याम पटेलले दुई दशकदेखि बन्द चिनी कारखाना पुर्नसन्चालनमा ल्याउन चुनौती भएपनि यसलाई सन्चालनमा ल्याउने इच्छाशक्ति उद्योगमन्त्री रिजालमा देखिएको बताए । पर्सा २ का सांसद अजय चौरसियालले मन्त्री रिजालसग आग्रह गर्दै भने,‘उद्योगमन्त्री ज्युले आफनै जिल्लामा रहेको चिनी मिल चलाउन पहलकदमी लिनुहुन्छ भन्नेमा विश्वस्त छौ, यदि वीरगन्जमा सम्भव छैन भने त्यसलाई जिल्लाकै अर्को ठाँउ खोजेर त्यहा सिफ्ट गरेर भएपनि चलाईदिनुपर्छ ।

    कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले पनि बन्द चिनी कारखाना सन्चालनका लागि पहलकदमी लिन उद्योगमन्त्री रिजालसंग आग्रह गरे । मन्त्री रिजाल तर्फ इंगित गर्दै उनले भने,‘ तपाई मन्त्री भएपछि जिल्लावासीले धेरै आश र अपेक्षा गरेका छन् , यदि चिनी मिल चलाईदिनुभयो भने जिल्लावासीका लागि ठूलो गुण लाग्नेछ । यद्यपि चिनी कारखाना २० वर्षदेखि बन्द रहदाँ त्यसका उपकरण र मेशीननहरु जीर्ण अवस्थामा पुगेको र त्यसको प्रविधी पनि धेरै पुरानो भइसकेकाले सन्चालनमा चुनौती भने रहेको सिंहले बताए । तर सरकारको इच्छाशक्ति भएमा चिनी कारखाना सन्चालन गर्न सकिने उनले बताए । सिंहले भने,‘ मन्त्रीज्युका लागि पर्सावासीमा गुण लगाउने यो सुनौलो अवसर छ , यहाँकै कार्यकालमा नयाँ प्रविधी र उपकरण भित्रयाएर चिनी मिल सन्चालनमा आउछ भन्नेमा हामीले आशा गरेका छौं ।जिल्लावासीको आग्रह सुनेपछि उद्योगमन्त्री रिजालले आफनै कार्यकालमा चिनी कारखाना सन्चालनका लागि भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता जनाए । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफु चारदशकको राजनीतिक यत्रामा पहिलोपटक मन्त्री बनेकाले जिल्लावासीकै आदेशमा आफु चल्ने उनले बताए । मन्त्री रिजालले भने,‘ चिनी मिल चलाउन म तयार छु , यसलाई चलाउनका लागि के के गर्नु पर्छ ? त्यसबारे मन्त्रालयमा विज्ञहरुलाई बोलाएर छलफल गरेर मन्त्रालयले काम अगाडि बढाछ । कृषि औजार कारखाना सन्चालनमा ल्याउनका लागि काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले अहिले सम्म सरकारबाट बजेट नपाएको गुनासो सम्बोधनका लागि आफुले पहल थालिसकेको पनि मन्त्री रिजालले जानकारी दिए । उनले भने,‘ केन्द्रका अध्यक्ष महावीर पुन जीलाई मैले मन्त्रालयमै बोलाएर उहाको गुनासो सुने , लगत्तै आवश्यक बजेट निकासका लागि मैले प्रकृया अगाडि बढाइसकेकोछु । वीरगन्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भइ बिक्रम सम्बत २०२१ सालदेखि सन्चालनमा आएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो । कार्यक्रममा मन्त्री रिजाललाई २५१ केजीको माला लगाएर स्वागत तथा सम्मानित गरिएको थियो ।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य अजय चौरसिया , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र शंकर चौधरी , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , संविधानसभासदस्य अनिल रुंगटा , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम , कोषाध्यक्ष प्रेमबहादुर थापा , सहसचिव नवीन सिंह, क्षेत्रीय सभापतिहरु महम्मद शाहबुद्धिन , श्रीकृष्ण चौहानन , श्रीकान्त यादव , जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी , पुर्वृपसभापतिहरु दिना गुप्ता र प्रकाश उपाध्याय , नेता राकेश सिंह , महानगरसभापति मणिन्द्रलाल श्रेष्ठ , कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑