• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा २ मा कसले मार्ला बाजी ?

  • वीरगंज संजाल
  • ४ बैशाख २०८०, सोमबार १२:४१
  • १८६५

    बारा । आगामी बैशाख १० गते हुने निर्वाचनको मिति नजिंिकदो छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ मा चार ‘हेवि वेट’सहित ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । तर सबै उम्मेदवारले नतिजा आफनो पक्षमा ल्याउने गृहकार्य गरिरहेको छ । चर्चामा रहेका यी चारमध्ये जसपा अध्यक्ष यादव र रास्वपाका खरेल पर्यटक उम्मेदवार मात्रै छैनन्, गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित उम्मेदवार पनि छन् । कुशवाहा पनि यसअघि एमाले– जसपा गठबन्धनको साझा उम्मेदवार रामसहाय प्रसाद यादवसँग तीन सय ५४ मतले पराजित उम्मेदवार छन् ।

    कुशवाहा पाँच दलीय गठबन्धनबाट उम्मेदवार थिए । तर यसपटक उनी सत्ता गठबन्धनबाट टिकट नपाउने सुइको पाएपछि जनमत प्रवेश गरी उम्मेदवार बनेका छन् । उनले पर्यटक उम्मेदवारविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् । ‘स्थानीयको समस्या स्थानीयले बुझेका हुन्छन् । म स्थानीय हुँ, मलाई जनताले भोट दिन्छन,’उनले भने,‘ यहाँका समस्या मैले बुझेको छँु, समाधान पनि म गर्छु ।’ यसअघि जसपालाई सघाएको नेकपा एमालेले उम्मेदवारी दिँदा पनि समीकरणमा बदलाब आएको छ । एमाले पोलिट ब्यूरो सदस्यसमेत रहेका पुरुषोत्तम पौडेल बाराका पुराना नेता छन् । युवा तथा खेलकुदमन्त्री पनि भइसकेका पौडेलको उम्मेदवारीले दुबै पर्यटक उमेदवारलाई कठिनाइ हुने जानकारहरुको अनुमान छ । उनले पनि जनताको घरदैलोमा पर्यटक उम्मेदवार र पराजित उम्मेदवारलाई पुनः हराउनु पर्ने बताउँछन् । उनले पनि आफू स्थानीय भएकाले जनताले विजयी गराउने बताए । बाहिरबाट आएका उम्मेदवारलाई भन्दा आफूलाई जनताले मन पराएकाले निर्वाचित हुनेमा ढुक्क रहेको उनको भनाइ छ ।

    यस अघि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत अध्यक्ष डा. चन्द्रकान्त (सिके राउत)सँग पराजित भएका जसपा अध्यक्ष यादव आफूलाई बलियो उम्मेदवारको रुपमा दाबी गरिएको छ । यादव यसपालि सत्ता गठबन्धन (मुख्य दल)को साझा उम्मेदवार छन् भने गत निर्वाचनमा बारा २ बाटै स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार ४३ मत ल्याएका रामकिशोर प्रसाद यादवको पनि साथ छ । उनी केही दिनअघि जसपा प्रवेश गरेका थिए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि यादवले समर्थन गर्ने उर्दी जारी गरिसकेका छन् । जसपा अध्यक्ष यादवले घरदैलोमा संघीयतासहितको अधिकार प्राप्त गर्न उम्मेदवारी दिएको बताउँछन् । ‘हामीले पाएको अधिकार सुनिश्चित गर्न र संघीयतालाई संरक्षण गर्न एजेण्डालाई प्राथमिकतामा राखेका छौं,’उनले भने,‘त्यस बाहेक नागरिकता समस्या, शिक्षा, स्वास्थ्य राम्रो बनाउन र रोजगारी सिर्जनाका लागि पनि हामी काम गर्नेछौं।’ गठबन्धनको निर्णयअनुसार चुनाव लड्न आएको उनको कथन छ । यसअघि काठमाण्डु १ बाट पराजित खरेल रास्वपा प्रवेश गरी यहाँ उम्मेदवार बनेका छन् ।

    गत निर्वाचनमा रास्वपाले यहाँ उम्मेदवार उठाएका थिएनन् । तर रास्वपाले समानुपातिकतर्फ एक हजार चार सय ५५ मत पाएका थिए । रास्वपाका उम्मेदवार खरेलले सुशासनको प्रत्याभूति गराउन मधेशमा उम्मेदवारी दिएको बताउँछन् । ‘स्थानीय वा मधेशका नेताहरुले सधैं सोझा जनतालाई ठग्दै आएका छन्,’उनले भने,‘ अव मधेश विकासको लागि सुशासनको लागि रास्वापा जित्नु आवश्यक छ ।’ उनले नेपाल प्रहरीमा हुँदा पनि सुशासन कायम गरेकाले चुनावी एजेण्डा पनि सुशासन नै रहेको बताए । बारा २ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ र करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिकाको क्षेत्र पर्छ । यहाँ एक लाख पाँच हजार दुई सय ९८ मतदाता छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑