• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उज्यालो वीरगंज अभियान : झिलिमिली बन्दै वीरगंज महानगर

  • वीरगंज संजाल
  • ३० चैत्र २०७९, बिहीबार १९:२३
  • १२४५

    वीरगंज । झमक्क साँझ पर्ने बित्तिकै बन्द हुने वीरगन्ज ३१ बेलवाका बृजकिशोर महतोको पसल अचेल राति १० बजेसम्म पनि खुलै हुन्छ । पसल खुल्ने समय अवधि बढेसँगै उनको व्यापार पनि बढ्दा बृजकिशोर मक्ख छन् । दिनमा मुस्किलले एकदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने उनको पसलमा अचेल २ हजारदेखि ५ हजारसम्मको व्यापार हुन्छ ।व्यापार बढ्नुको श्रेय उनले वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई दिन्छन् । ‘पहिला अँध्यारो हुन्थ्यो, बत्ती थिएन्, साँझ पर्ने बित्तिकै पसल पनि बन्द गर्थेँ । तर अचेल पसलकै अगाडी बत्ती छ । झलमल्ल बत्ती बल्दा राती ९÷१० बजेसम्म पनि पसल खुलै हुन्छ’, बृजकिशोर थप्छन्, ‘दिनभरीको कामले थाकेका ग्राहकहरु राति अबेरसम्म बसेर किनमेल गर्नुका साथै गफ गरेर सुखदुख साटासाट गर्छन् ।’सँधै बेलुकी ८ बजेसम्म सुतीसक्ने बेलवाकै मुनीलाल प्रसाद यादव राती साढे ९ बजेसम्म पनि साथि र आफन्तसँग गफिँदै थिए । नजिकै बलेको बत्तीको प्रकाशले उनीहरुलाई अबेर भएको आभाष भएको थिएन । त्यही ठाउँ उनीहरुको सँधैको जमघट गर्ने थलो बनेको छ ।

    बत्तीले विवाह, ब्रतबन्ध लगायतका धार्मिक एवम् सामाजिक कार्यलाई सहज बनाइदिएको मुनीलाल बताउँछन् । उनी भन्छन्, ‘पहिलेका हाम्रो गाउँ अन्धकार थियो । अहिले पुरै गाउँ नै झिलीमिली छ ।’रातीको आवतजावत बत्तीले सहज बनाइदिएको बेलवाकै किशोरी साह बताउँछन् । उनी भन्छन्, ‘राति कतै हिँडडुल गर्न परे पनि अप्ठ्यारो हुने गरेको थियो । अहिले एकदम सुविधा छ, जताततै सहजै आवतजावत गर्न सकिन्छ, कतै बत्ति बिग्रियो भने पनि मुखियालाई खबर गर्दा तुरुन्तै बनिहाल्छ ।’‘वडा नम्बर ३१ महानगरकै सबैभन्दा धेरै टोल भएको वडा हो’ वडाअध्यक्ष जितेन्द्र प्रसाद यादवले भने, ‘अब कर्मा टोलामा मात्रै बत्ती लगाउने काम गर्न बाँकी छ । त्यो पनि छिटै हुन्छ ।’ महानगर भएसँगै पछि थपिएको ग्रामिण वडा भए पनि अहिले बत्ती बलेसँगै यहाँका जनताले महानगरवासी जस्तै आभास गरिरहेको वडाअध्यक्ष यादवको दावी छ ।वीरगन्ज ३० लालपर्सा निवासी बिन्दालाल साह पनि व्यवसायी हुन् । चोकमा बत्तीको प्रकाश चम्किएसँगै उनको व्यापार पनि चम्किएको छ । वीरगञ्ज महानगरको उज्यालो अभियान कार्यक्रमकै कारण गाउँ नै उज्यालो भएको बिन्दालाल बताउँछन् । उनी भन्छन्, ‘पहिला अँध्यारो हुने बित्तिकै पसल बन्द गर्नुपथ्र्याे, गाउँ पनि शुनशान हुन्थ्यो । तर अचेल राती पनि दिउँसो जस्तै लाग्छ । अबेरसम्म चहलपहल हुन्छ ।’आफ्नो गाउँ झिलीमिली अनि उज्यालो होस् भन्ने सानैदेखिको चाहना वीरगञ्ज ३० का वडाअध्यक्ष मनोज यादवले आफ्नै कार्यकालमा पुरा गरे । मनोज स्मरण गर्छन्, ‘म सानै हुँदा नै गाउँ उज्यालो होस्, जताततै बत्ती बलोस् भन्ने चाहाना थियो । तर मै वडाअध्यक्षमा जितेर मेरै नेतृत्वमा यो काम हुन्छ भन्ने सोचेको थिइन ।’वडा नम्बर ३० का हरेक गल्लीदेखि कुनाकुनासम्म पनि बत्तीको व्यवस्था भएको वडाअध्यक्ष यादवले दावी गरे । उनी भन्छन्, ‘वीरगन्ज महानगरले सञ्चालन गरिरहेको उज्यालो वीरगञ्ज अभियानले हाम्रो वडा अन्धकारबाट मुक्त भएको छ । एउटा मात्रै घर भए पनि हामी बत्तीको व्यवस्था गरेका छौँ ।’वीरगन्ज महानगरले सञ्चालन गरेको ‘उज्यालो वीरगञ्न्’ अभियानको सह्राना गर्दै उनले विभिन्न उद्योग एवम् कम्पनीहरुमा काम गरेर रातविरात ओहोरदोहोर गर्नेलाई बत्तीले सहज बनाइदिएको बताए । अँध्यारोमा राति हिँड्न डराउनेहरु अचेत उज्यालोमा निसंकोच हिँडडुल गरिरहेको यादवको भनाई छ । उनका अनुसार अहिले गाउँमा चोरी डकैतीका घटना पनि कम भएका छन् । हरेक ठाउँमा बत्ती भएपछि चोरी नहुने उनको विश्वास छ ।वीरगन्ज महानगरपालिकाले ‘उज्यालो वीरगन्ज’ बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेको छ । ‘केही महिना अघिसम्म साँझ पर्नासाथ सडक अँध्यारो हुने र हिँडडुल गर्नै नसक्ने स्थिति थियो’, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मिनाबजारका विजय साहले भने, ‘तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।’ महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले बस्ती नै उज्यालो बनाएको साहको भनाइ छ ।विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको वीरगन्ज १० अशोकबाटीका निवासी शशिकान्त सर्राफ बताउँछन् । ‘अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटना पनि भएको सुनिएको छैन, पक्कै पनि यो उज्यालो वीरगञ्ज अभियानकै प्रभावकारिता स्वरुप हो’, सर्राफले भने ।गएको आर्थिक वर्ष २०७८÷०७९ देखि ‘उज्यालो वीरगञ्ज’ अभियान अन्तर्गत सडक तथा गल्लीका पोल–पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगन्ज महानगरपालिका विद्युत् शाखाका इञ्जिनियर राजीव कुमार उपाध्यायले बताए । उपाध्यायका अनुसार महानगरका ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्ट्रिटलाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको छ ।स्ट्रिटलाइटसँगै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्ती पनि जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडान गरिएको महानगर विद्युत् शाखाका अर्का इञ्जिनियर अवधेशकुमार यादवले जानकारी दिए ।अँध्यारोबाट मुक्त बनाएर राति पनि वीरगञ्ज महानगरलाई भिलिमिली बनाउने ममेयर राजेशमान सिंहको योजना छ । दिउँसो जस्तै निर्धक्कसँग मानिसहरु आवतजावत र किनमेल गर्न सकुन भन्ने सपनालाई सार्थकता दिन महानगरले बिहीबारबाट रात्रि बजार लगाइरहेको छ । ‘वीरगञ्जलाई देशकै प्रमुख आर्थिक राजधानी भन्ने गरिन्छ, व्यापारिक हब पनि भनिन्छ,’ उनले भने, ‘तर नौ नबज्दै व्यापार व्यवसाय बन्द हुन्छन् । अब हामीले रात्रि बजारको अवधारणा ल्याएका छौँ ।’रात्रि बजारले दिउँसो व्यस्त हुनेहरुलाई रातमा किनमेल र घुमघाम गर्न सहज हुनुका साथै कोभिड १९ ले थला परेको व्यापार व्यवसाय सुदृढ हुँदै जाने उनको विश्वास छ । उज्यालो भएपछि अरु कुरा स्वतः हुँदै जाने सिंहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑