• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा हरवा चरवा अधिकार माग्दै

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार ११:५६
  • १२५७

    वीरगंज । मधेश प्रदेशका हरवा चरवाहरु अधिकार माग्दै जनकपुरधाम आइपुगेका छन् । मंगलबार पुनः स्थापनाको लागि हरवा चरवा अधिकार यात्रा जनकपुरधाम आइपुगेकोछ । यही चैत २५ गतेदेखि न्यायिक पुनःस्थापनाको माग गर्दै पर्सा र सप्तरीबाट एकसाथ शुरु गरिएको थियो । ६ बुँदे मागसहित उनीहरु जनकपुरधाम आएका छन् । बुधबार जनकपुरधाममा हरवा चरवा अधिकार यात्राको समीक्षा गर्दै काठमाण्डु केन्द्रित योजना निर्माण गर्ने छन् । गत साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा हरवा चरवा प्रथा मुक्त भएको घोषणा गरेका थिए । तर कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।

    सो प्रथा मुक्त घोषणा भएको नौ महिना बिति सक्दासमेत कागजमै सीमित भएपछि उनीहरूले पुनः स्थापनाको माग गर्दै मधेश प्रदेशमा पाँच दिने अधिकार यात्राको शुरुवात गरेका थिए । दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट शुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहीदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको छ । यस्तै, वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए । दास प्रथाबाट मुक्त हुन राजविराज र वीरगञ्जबाट शुरु गरिएको पैदल अधिकार यात्रा जनकपुरधाममा आइपुगेको छ ।

    बुधबार समीक्षा र आगामी रणनीति बनाएर यात्रा सम्पन्न हुनेछ । यात्राका लागि राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवा चरवा अधिकार मंचले नेतृत्व गरेको थियो । उक्त संस्थाले सहयोग तथा ऐक्यबद्धताको लागि अनुरोध गरेका छन् । पुनःस्थापना हाम्रो सरोकार, भूमि शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार उनीहरुको नारा छ । हरवा चरवाको जीविको पार्जनको लागि कम्तीमा दश कठ्ठा जग्गा सरकारले उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । सीपमूलक तालिम, एक लाख बीउ पूँजी र आवश्यक औजार पनि दिनुपर्ने उनीहरुले माग अघि सारेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑