• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन पहल सुरु

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार ०८:३४
  • १२९३

    वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वीरगन्ज कृषि औजार कारखाना पुर्न सञ्चालनमा देखिएको समस्या सामधानका लागि पहल थालेका छन्। मन्त्री रिजालकै गृह जिल्लामा करिब दुई दशकदेखि बन्द रहेको कारखाना मर्मत सम्भार गरी १ वर्षभित्रै सञ्चालनमा ल्याउन सरकारले गत भदौमा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो। तर केन्द्रले कारखाना पुर्न सञ्चालनका लागि काम थालेको ७ महिना बित्दा समेत सम्झौता अनुसार अर्थ मन्त्रालयले रकम निकासा नगरी दिँदा कारखाना पुनः सञ्चालनमा समस्या भइरहेको केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन्। त्यही गुनासोलाई सम्बोधन गर्ने प्रयास स्वरूप मन्त्री रिजालले मंगलबार केन्द्रका अध्यक्ष पुनलाई मन्त्रालयमै बोलाएर छलफल गरेका छन्। मन्त्रालयका सचिवहरूलाई पनि सँगै राखेर छलफल गरेका मन्त्री रिजालले कारखाना सञ्चालनमा उत्पन्न समस्या र चुनौती बारे केन्द्रका अध्यक्ष पुनसँग जानकारी लिए।

    पुनले अर्थ मन्त्रालयसँगको सम्झौतामा तत्कालका लागि २५ करोड रुपैयाँ केन्द्रलाई उपलब्ध गराउनु पर्ने उल्लेख भए पनि अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो गरे। सरकारले रकम नदिए पनि केन्द्र आफैले आफ्नो श्रोत साधन उपयोग गरेर हालसम्म कारखानाको करिब ७५ प्रतिशत मेसिनहरू मर्मत गरी सञ्चालनको अवस्थामा ल्याइसकेको जानकारी उनले बताए। पुनले तत्काल दुई वटा ठूला नयाँ मेसिन आवश्यक रहेको र त्यसका लागि कम्तिमा १० करोड रुपैयाँ खाँचो भएको जानकारी पनि गराए। उनले अहिले मर्मत गरिएका पुराना मेसिनहरूबाट साना कृषि औजारहरूको सफल परीक्षण उत्पादन पनि गरिसकेको जानकारी पनि मन्त्री रिजाललाइ गराए। छलफलमा उद्योग मन्त्रालयका सचिव ज्ञवालीले कृषि मन्त्रालय मातहत रहेको कृषि औजार कारखानाका लागि उद्योग मन्त्रालयले सिधै बजेट निकासा गर्न नमिल्ने भएकाले यसका लागि कृषि र अर्थ मन्त्रालयसँग समन्वय आवश्यक रहेको बताएका थिए।

    त्यसपछि मन्त्री रिजालले कारखाना यथाशीघ्र सञ्चालनको अवस्थामा ल्याउन उद्योग मन्त्रालय लाग्ने प्रतिबद्धता जनाए। कृषि र अर्थ मन्त्रालयसँग समन्वय र सहकार्यका लागि आफू स्वंय नै लाग्ने पनि उनले बताए। त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन उनले उद्योग मन्त्रालयका सचिव ज्ञवालीलाई निर्देशन पनि दिए। मन्त्री रिजालले भने, ‘मेरो गृह जिल्लाको कृषि औजार कारखाना जसरी हुन्छ सञ्चालनमा ल्याएरै छाड्छु , त्यसका लागि मेरो मन्त्रालय र मैले के गर्नु पर्छ म गर्छु। रुसको आर्थिक सहयोगमा स्थापना भई २०२४ फागुन २८ गते देखि सञ्चालनमा ल्याइएको कृषि औजार कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ चैत ४ मन्त्रीपरिषदको निर्णयबाट बन्दी गरेको थियो। तर चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा बन्द तथा रूग्ण रहेका कारखानाहरू पुनः सञ्चालन गरिने सरकारको घोषणा अनुसार अर्थ मन्त्रालयले कारखाना मर्मत सम्भार गरी १० वर्षसम्म सञ्चालन गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो। त्यही अनुरुप केन्द्रले कारखाना र त्यहाँ रहेका उपकरण र मेसिनहरू मर्मत सम्भार गरी सञ्चालन गर्ने तयारी गरिरहेको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑