• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज नर्सिङ क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार १३:०३
  • १३१३

    वीरगंज । वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसका छात्राहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी क्याम्पस प्रमुख जमुना भट्टराईलाई कानुनी कारबाही गर्न नेविसंघले जिल्ला प्रसाशन कार्यालय पर्सासंग माग गरेकाेछ । साेमबार साँझ नेविसंघ पर्साका अध्यक्ष रमेश यादव सहितकाे टाेलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेललाई ज्ञापनपत्र बुझाउदै विधार्थीहरुलाई गालीगलौज गर्दै हातपात समेत गरेकी क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न माग गरेकाे हाे । क्याम्पस प्रमुख जमुना भट्टराईले आइतबार बेलुकी नर्सिङ क्याम्पसकाे नेविसंघ ईकाई सभापति सविना सुनार सहितका छात्राहरुलाई गालीगलौज र हातपात गरेकोले उनलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने नेविसंघकाे माग छ । क्याम्पस प्रमसख भट्टराईले क्याम्पस बाहिर निस्किन नदिएपछि इकाइ सभापति सुनारले हस्ताक्षर गरेकाे ज्ञापनपत्र आफुहरुले जिल्ला प्रशासन कार्यालयमा लगेर बुझाएकाे नेविसंघका जिल्ला सभापति यादवले बताए । उनले भने, अझैपनि क्याम्पस प्रमुखले नेविसंघ समर्थित छात्राहरुलाई धम्क्याएर क्याम्पस भित्रै राखेकी छन्, न्याय माग्न उनिहरु निस्किन खाेज्दा पनि निस्किन दिएकी छैनन् , हामीलाई पनि भित्र छिर्न दिएकी छैनन् । नेविसंघले बुझाएकाे ज्ञापनपत्रमा स्ववियु निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले गरेकाे गलत कृयाकलापकाे विराेध गर्दा उल्टै उनले नेविसंघ समर्थित छात्राहरुलाई आईतबार बेलुकी गाली गलाैज गर्दै हातपात गरेकाे र त्यसकाे भिडियाे सामाजिक सन्जालमा सार्वजनिक भइसकेकाे उल्लेख छ । सामाजिक सन्जालमा भाइरल भएकाे उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ ।

    चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । त्यहि विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराइले नेविसंघ समर्थित छात्राहरुलाई गाली बेइज्जती गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाई सभापति सविना सुनारकाे भनाई छ । सुनारका अनुसार , क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार बेलुकी क्याम्पस प्रमुख भट्टराइले जबरजस्ति तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राहरुले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफुहरुमाथि हातपात पनि गरेको सुनारले बताइन् । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पाैडेलले घटना बारे सत्यतथ्य छानबिन गरेर आवश्यक प्रकृया अगाडि बढाउने प्रतबद्धता जनाएकाे नेविसंघका जिल्ला सभापति यादवले जानकारी दिए । चैत ५ मा भएको स्ववियु निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेल भित्र छिरेर विधार्थीहरुलाई अनेक धाकधम्की दिएको नेविसंघ समर्थित विधार्थीहरुको आरोप छ । चैतमा ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए ।

    चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफुहरु माथि हातपात गर्नुका साथै गालीगलौज गरि दुर्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारकाे भनाइ छ । यता क्याम्पस प्रमुख भट्टराईले भने आइतबारराति आफुले विधार्थीहरुमाथि हातपात भने नगरेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘ यो कुनै ठूलो कुरा होइन , सम्झाउदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो , अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् । तर नेविसंघकी इकाइ सभापति सुनार भने आफुहरुले चैत ६ मा प्रशासनिक भवन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि परिक्षाकै कारण प्रशासनिक भवनको तालाबन्दी यसअघि नै खोलिदिएको र अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्रै तालाबन्दी जारी रहेको र यसले क्याम्पसको पठपाठन , अन्य सेवा र परिक्षा सन्चालनमा कुनै समस्या नभएको बताउँछिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑