• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा र बारामा रोकिएन छुवाछुतको विभेद : महायज्ञमा फेरि दलितलाई गराइएन सहभागी

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १२:३४
  • १०४१

    वीरगंज । नेपालको संविधानमै जातिय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधको रुपमा उल्लेख गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक वा निजी स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था पनि गरेको छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । तर यो कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मधेसमा दलितमाथि छुवाछुतको दुव्र्यवहार र विभेद गर्ने घटना बारम्बार दोहोरिइरहेको छ ।पछिल्लो केही साता यता पर्सा र बारामा भइरहेका महायज्ञमै दलितलाई प्रवेश गर्न बञ्चित गराइदा जातिय विभेद तथा छुवाछुतको कुप्रथाले प्रसय पनि पाइरहेको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १८ वडा सुखचैनामा यहि वैशाख १२ देखि आयोजना गर्न लागिएको विष्णु महायज्ञमा दलितलाइ प्रवेशमै रोक लगाउने तयारी भइरहेको घटना प्रकाशमा आएको छ । यो थाहा पाएर स्थानीय दलित र उनिहरुका अगुवाहरुले महायज्ञमा दलितलाई बञ्चि नगराउन माग गर्दै आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निवेदन दिएका छन् । स्थानीय दलित अगुवा धुरुपलाल राम र प्रहलाद रामसहित जिल्लाका दलित अगुवाहरूको टोलीले निवेदन दिँदै महायज्ञमा दलितलाई सहभागी गराउन माग गरेको हो ।बिष्णु महायज्ञ व्यवस्थापन समितिले यज्ञमा सहभागी गराउन अस्वीकार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्ने समेत धम्की दिएको निवेदनमा उल्लेख छ ।सुखचैनाका दलित अगुवा प्रहलाद रामले सुखचैना गाँउमा ४२ घरधुरी दलित रहेको तर महायज्ञ व्यवस्थापन समितिमा ६१ जना सदस्य राखेपनि दलितबाट कसैलाई पनि नराखे बताए । महायज्ञमा दलितलाई सहभागी नगराउने नियतले समितिका सदस्यले दलितसँग चन्दा पनि नलिएको उनले बताए । उनले भने,‘ समितिमा दलितबाट पनि राख्न आग्रह गर्दा समितिका मान्छेहरुले महायज्ञमा सहभागी पनि गराउदैनौ , चन्दा पनि लिदैनौ भनेर जवाफ फर्काए । महायज्ञ व्यवस्थापन समितिमा रहेका गैर दलितहरुले विगतमा महायज्ञ हुदाँ पनि दलिततका कोहि पनि नबसेको र अबको यज्ञमा पनि दलितलाइ बस्न नदिने अडान राखेको रामले बताए । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले भने छुवाछुतजस्तो गम्भिर विषयमा छलफल नगर्ने बताउँदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन दलितहरुलाई सुझाव दिएपछि आइतवार नै दलित अगुवाहरुले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । उजुरीपत्र बुझ्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले सोमबार नै महायज्ञ आयोजक समितिका अध्यक्षसहितका पदाधिकारीलाई जिल्लामा हाजिरी गराउन महातहतका प्रहरीलाई निर्देशन दिएको बताए । यता महायज्ञ आयोजक समितिका अध्यक्ष खोभाडी महतो भने यस बारे प्रतिक्रिया दिनबाटै पन्छिए । टेलिफोन सम्पर्क गर्दा महतोलले हामी जे गरेपनि तपाईलाई के मतलब भन्दै फोन काटे । समितिका सचिव गोपाल प्रसाद यादवले भने दलितहरु आफै महायज्ञमा सहभागी हुन नचहेको भन्दै प्रतिक्रिया दिए ।

    बाराको महायज्ञमा पनि दलितलाई प्रवेश गर्न प्रतिबन्ध

    उता पर्साकै छिमेकी जिल्ला बाराको सुवर्ण गाउँपालिकामा आइतबारबाट सुरु भएको विष्णु महायज्ञमा पनि दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाइएको छ । महायज्ञमा रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले त्यस विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका छन् । सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि शुरु भएको महायज्ञमा स्थानीय दलितलाई छुवाछुत गरी प्रवेश गर्न दिइएको छैन ।महायज्ञ प्रवेशमा दलितलाई रोक लगाउने तयारसी भएपछि त्यसविरुद्ध एक हप्ता पहिले नै अर्थात चैत १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएको हो । घुसुकपुरमा आइतवारदेखि शुरु भइ बैशाख ५ सम्म चल्ने धार्मिक महायज्ञमा गाँउका करिब ९० घरपरिवारका दलितलाई सहभागी हुनबाट गैरदलितहरुले वञ्चित गराएको आरोप उजुरीपत्रमा उल्लेख छ ।जातीय छुवाछुतको विभेद गर्ने यज्ञ आयोजक मध्येका रामदेवप्रसाद यादव, इनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको हो । यज्ञ आयोजना गगैरदलितहरुले दलितका बालबालिकालाई पनि यज्ञमा बस्न नपाउने उर्दी नै जारी गर्दै यदि यज्ञमा पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दलितको गुनासो छ । यसअघि यज्ञको तयारीका क्रममा यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलनजस्ता कार्यमा दलित समुदायका मानिसहरुलाई प्रयोग गरिएको तर यज्ञ सुरु भएपछि भने पूजापाठ, हवनलगायत धार्मिक कार्यबाट बञ्चित गराइएको दलितहरुको गुनासो छ । यसअघि वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा यहि चैत ८ ददेखि १६ गते सम्म आयोजना गरिएको शतचण्डी महायज्ञमा पनि दलितलाई पूजापाठ गर्न बञ्चित गराइएको थिययो । त्यसवरुद्ध अलौका दलितहरुले सडकमै विरोध प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका थिए । तर जिल्ला प्रशासन कार्यायले पहलकदमी नलिदा र गाँउका गैर दलितहरुको धम्कीपूर्ण अडानका कारण दलितहरु पछाडि हट्न बाध्य भएका थिए । महायज्ञको वेदी (पूजास्थल) मा बस्न नपाएरै महायज्ञ सम्पन्न भएपछि जति कराएपनि केही हुँदैन भन्ने सोच गैर दलितहरुमा हाबी हुदै गएको अलौंको सर्वदलिय दलित अधिकार संघर्ष समिति पर्साका अध्यक्ष बुनेल रामले बताए ।

    जातिय विभेद विरुद्ध देशभरका दलितहरु अन्दोलनमा उत्रिन्छौ : दलित अगुवाहरु

    जातीय विभेद र छुवाछुत विरुद्धको कानुन बनेको एक दशक बितिसक्दा पनि दलितलाई जातकै आधारमा विभेद र दुुव्र्यवहार गर्ने प्रवृति अझै पनि कायमै रहनु दुर्भाग्यपूर्ण भएको पर्साका दलित अभियान्ता मनोज रामले बताए । उनले भने,‘ कानुन पनि नमान्नेहरुलाई कानुनबमोजिम कारबाही हुन आवश्यक छ । समानता र समावेशिताका मुद्धा बारम्बार उठीरहेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु अत्यन्तै दुखद विषय हो । अर्का दलित अगुवा मानदेव हजरा भन्छन्, ‘हामीले जे गरेपनि यिनीहरुले केही गर्न सक्दैनन् भन्ने सोचको उपज हो यस्ता घटना । तर अब हामी दलित अगगुवाहरु चुप लागेर बस्नुहुँदैन । सबै दलित समुदाय एकजुट भएर आफ्नो अधिकारको निमित्त आफै लड्नुपर्छ ।’पुर्नस्थापित संसदको सदस्य समेत रहेका रामअश्रय रामले जातिय विभेदका विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको बताए । धर्म निरपेक्ष राष्ट्रमा धार्मिक स्वतन्त्रता नहुनु र दलित भएकै कारण महायज्ञमा पूजा गर्नबाट दलितलाइ बञ्चित गरिनु अपराधिक मानसिकताको उपज भएको उनले बताए ।अब एक जिल्लाका मात्रै नभएर देशैभरका दलित समुदाय आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनले दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑