• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज नर्सिङ क्याम्पसमा क्याम्पस प्रमुखको दादागिरी : नेविसंघका छात्राहरुलाई गालीगलौज र हातपात

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १२:१७
  • १२८९

    वीरगंज । वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसकी छात्राहरुलाई क्याम्पस प्रमुख जमुना भट्टराईले गालीगलौज गर्दै हातपात समेत गरेकी छन् । क्याम्पस प्रमुख जमुना भट्टराईले छात्राहरुलाई गालीगलौज र हातपात गरेको भिडियो सामाजिक सन्जालमा भाइरल पनि भएको छ । उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ । चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । त्यहि विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराइले नेविसंघ समर्थित छात्राहरुलाई गाली बेइज्जती गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाई सभापति सविना सुनारले बताइन् । सुनारका अनुसार , क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार राति क्याम्पस प्रमुख भट्टराइले जबरजस्ति तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राहरुले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफुहरुमाथि हातपात पनि गरेको सुनारले बताइन् । क्याम्पस प्रमुखले गरेको दुव्र्यवहारको भिडियो देखाउदै सुनारले भनिन्,‘ हामीले लगाएको ताल्चा राति हामीसंग कुनै छलफल नै नगरि क्याम्पस चिफले तोडेको थाहा पाएपछि त्यस बारे बुझन हामी गयौं , तर उहाले उल्टै म मेरो पावर अब देखाइदिन्छु , तिमिहरुले जे गर्न सक्छौ गर , जाउ पत्रिकामा छपाइदेउ भन्दै हामी माथि झम्टिनु भयो , म समेत ४÷५ जना माथि हातपात पनि गर्नु भयो , फुलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो ।

    आइतबार राति क्याम्पस प्रमुख भट्टराइले छात्राहरुसंग गरेको हातपात र दुव्र्यवहारको घटनाले आफुहरु क्याम्पस र होस्टेल भित्र असुरक्षित भएपछि सुरक्षाको माग गर्दै आइतबार राति नै वडा प्रहरी कार्यालय वीर्तामा गएर क्याम्पस प्रमुख भट्टराई विरुद्ध ठाडो उजुरी दिएको सुनारले बताइन् । सुनारले भनिन्‘ क्याम्पस चिफका कारण हामी असुरक्षित भएका छौं, आइतबार राति हामीसंग जुन अमानवीय व्यवहार भयो यसले हामी निक्कै डराएका छौ । चैत ५ मा भएको स्ववियु निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेल भित्र छिरेर विधार्थीहरुलाई अनेक धाकधम्की दिएको नेविसंघ समर्थित विधार्थीहरुको आरोप लगाउदै आएका छन् । चैतमा ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए । चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफुहरु माथि हातपात गर्नुका साथै गालीगलौज गरि दव्र्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारले बताइन् । यता क्याम्पस प्रमुख भट्टराईले भने आइतबारराति आफुले विधार्थीहरुमाथि हातपात भने नगरेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘ यो कुनै ठूलो कुरा होइन , सम्झाउदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो , अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।

    परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् । तर नेविसंघकी इकाइ सभापति सुनारले भने आफुहरुले चैत ६ मा प्रशासनिक भवन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि परिक्षाकै कारण प्रशासनिक भवनको तालाबन्दी यसअघि नै खोलिदिएको बताइन् । अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्रै तालाबन्दी जारी रहेको र यसले क्याम्पसको पठपाठन , अन्य सेवा र परिक्षा सन्चालनमा कुनै समस्या नभएको उनले बताइन् ।सुनारले भनिन्,‘ हामीले गरेको तालाबन्दीले परिक्षा सन्चालन वा अन्य सेवामा कुनै असर परेको छैन , अहिले पिसिएल र बिएन तेश्रो वर्षको परिक्षा निवर्धा रुपमा चलिरहेकै छ , परिक्षामा कुनै असर परेको छैन । क्याम्पस प्रमुख भट्टराईले स्ववियु निर्वाचनकै बेलादेखि आफनो पदको गरिमा भुलेर एमालेको कार्यकर्ता जस्तै अनेरास्ववियुको इशारामा यी सब गलत हर्कत गरिरहेको उनको आरोप छ ।वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले क्याम्पस प्रमुख विरुद्ध विधार्थीहरुले उजुरी दिएको बताए । क्याम्पस प्रमुख भट्टराइले आइतबारराति गरेको हर्कतको भिडियो पिडित छात्राहरुले आफुलई पनि उपलब्ध गराएको जानकारी दिदै शिवाकोटीले क्याम्पस प्रमुखलाई झिकाएर यसबारेमा छलफल गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑