• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वमा पेट्रोलियम पदार्थको मूल्य कसले तोक्छ ?

  • वीरगंज संजाल
  • २६ चैत्र २०७९, आईतवार १२:२४
  • ९९७

    वीरगंज । विश्वका सबैभन्दा ठूूला तेल निर्यातक मुलुकहरुमध्येका धेरैले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् र त्योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।साउदी अरब, इराक तथा अन्य धेरै खाडी देशले दैनिक तेल आपूर्तिमा १० लाख ब्यारेलले कटौती गरेका छन् । त्यस्तै ओपेक प्लसको सदस्य मुलुक रुसले यो वर्षको अन्त्यसम्मका लागि तेल उत्पादनमा दैनिक ५ लाख ब्यारेल कटौती गर्नेछ ।पेट्रोलियम पदार्थका उत्पादक मुलुकहरुको उक्त निर्णयको अमेरिकाले भने आलोचना गरेको छ ।

    ओपेक प्लस के हो ?
    ओपेक प्लस तेल निर्यातक मुलुकहरुको एक समूह हो । यसले कति कच्चा तेल विश्व बजारमा बिक्री गर्ने भन्ने निर्णय गर्नका लागि नियमित रुपमा बैठक बस्ने गर्दछ । यो समूहको केन्द्रमा १३ वटा सदस्य मुलुक रहेको ओपेक (Organization of the Oil Exporting Countries) रहेको छ । ओपेका मुख्यतः मध्यपूर्व तथा अफ्रिकी मुलुकहरु रहेका छन् । यो समूहको स्थापना पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति तथा मूल्य निर्धारण गर्ने उद्देश्यले कार्टेलको रुपमा सन् १९६० मा भएको थियो । हाल विश्व बजारको कच्चा तेलमध्ये ३० प्रतिशत ओपेक सम्बद्ध मुलुकहरुले उत्पादन गर्ने गर्दछन् । ओपेक भित्र पनि साउदी अरेबिया सबैभन्दा ठूलो तेल उत्पादक हो, जसले दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दछ ।सन् २०१० मा विश्व बजारमा तेलको मूल्यमा तिव्र गिरावट आएको समयमा ओपेक सदस्यहरुले अन्य १० वटा तेल उत्पादक मुलुकहरुसँग हातेमालो गरेर ओपेक प्लसको स्थापना गरे । त्यसमध्येको एक सदस्य मुलुक रुस हो जसले पनि दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्ने गर्दछ । यसरी ओपेक प्लस सम्बद्ध मुलुकहरुले विश्व बजारको ४० प्रतिशत कच्चा तेल उत्पादन गर्दछन् । ओपेक प्लसले बजारमा पेट्रोलियम पदार्थको माग र आपूर्तिको सन्तुलन मिलाउने काम गर्दछ । तेलको माग घटेको बेलामा उसले आपूर्ति पनि घटाएर मूल्य बढाउने गर्दछ । साथै उसले कहिलेकाहीँ बजारमा धेरै तेल पठाएर मूल्य घटाउने पनि गर्दछ ।

    ओपेक प्लसले तेल उत्पादनमा किन कटौती गरेको हो ?

    यसअघि ओपेक प्लसले गत अक्टोबर २०२२ मा एक निर्णय गर्दै दैनिक २० लाख ब्यारेल कच्चा तेलको उत्पादनमा कटौती गरेको थियो । पछिल्लोपटक उसले दैनिक ११ लाख ६० हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तत्कालै ५ प्रतिशतको बढोत्तरी देखिएको छ । विश्लेषकहरुका अनुसार ओपेक प्लसको पछिल्लो निर्णय आश्चर्यजनक छ । किनकि साउदी अरबले केही समयअघि मात्रै यो वर्षका लागि आफ्नो कच्चा तेल उत्पादनको कोटा यथावत रहेको बताएको थियो । विश्व बजारमा तेलको माग पूर्वानुमान गरिएको जस्तो नहुने आकलनसँगै ओपेक प्लसले पूर्वसतर्कताका रुपमा पछिल्लो निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ । कोरोना महामारीसँगै यसअघि सन् २०२० मा ओपेकले तेलको उत्पादनमा दैनिक ९० लाख ब्यारेल कटौति गरेको थियो । महामारीका कारण विश्वभर नै लकडाउन भएर तेलका क्रेताहरु नहुँदा विश्व बजारमा कच्चा तेलको मूल्यमा चरम गिरावट आएको थियो । तर युक्रेनमा रुसी आक्रमण सुरु भएसँगै तेलको मूल्यमा वृद्धि भएर प्रति ब्यारेल १३० डलर पुग्यो । यद्यपि गत मार्चमा भने तेलको मूल्य पछिल्लो १५ महिना यताकै कम अर्थात् प्रतिब्यारेल ७० डलरसम्म झरेको छ । पछिल्लोपटक तेल उत्पादनमा कटौतीसँगै हुन थालेको यसको मूल्यवृद्धिले विश्वभर नै आम मानिसहरुको दैनिकीमा असर पार्नेछ । अमेरिकाले ओपेक प्लसको पछिल्लो कदमलाई सल्लाह दिन नसकिने खालको रहेको जनाएको छ ।

    के हुँदैछ रुसी तेल ?
    रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली मुलुकरुले समुद्रबाट रुसी तेलको आपूर्ति बन्द गरे । अमेरिका र बेलायतले भने रुसी तेलको खरीद पूर्ण रुपमा बन्द गरेका छन् । रुसले अहिले चीन र भारतमा बढि कच्चा तेल निर्यात गरिरहेको छ । यी मुलुकहरुले रुस विरुद्धको पश्चिमी नाकाबन्दीमा साथ दिएका छैनन् । यद्यपि जी सेभेन सम्बद्ध मुलुकहरुले भने रुसलाई तेल निर्यात गर्दा प्रति ब्यारेल ६० डलर तोकेका छन् । यसबाट रुसको तेलबाट उठ्ने आम्दानीमा कमी आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑