• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन्

  • वीरगंज संजाल
  • २५ चैत्र २०७९, शनिबार २१:०६
  • १०१७

    पर्सा । नेपाली सेनाले चलाएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराइ औषधी लिएर फर्कदै गरेका ८० वर्षिय बृद्ध दुखी हजरा दुसादले भने,‘ पहिले सेना बन्दुक बोकेर गाँउमा आउँथे , तर आज डाक्टर र दवाई ( औषधी ) बोकेर पो आएछन् , सेना त साच्चै हामी जनताको लागि पो रहेछन् । डेढ महिना देखि घुडाँ दुखेर हैरानी खेपिरहेपनि आर्थिक अभावका कारण शहरको अस्पतालमा उपचार गराउनबाट असमर्थ दुसादले भने,‘ गाँउमै सेनाले शिविर लगाइदिदाँ म गरिब बुढोका लागि सेना भगवान जस्तै लागे , डाक्टरसाबले राम्ररी चेकजाँच गरिदिए अनि दवाइ पनि दिए । पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुरका बृद्ध दुसादको जस्तै औराहाकी ५६ वर्षिया मालती देवी थरुइन्को प्रतिक्रिया पनि उस्तै छ । शिवीरमा उपचार गराएकी थरुइन्ले भनिन्,‘ माओवादीको लडाँइका बेला गाँउमा सेना आउने बित्तिक्कै डरले सबै घरमा लुकिहाल्थे , तर आज सेनाले बिना पैसाको इलाज गरिदिदाँ बल्ल थाहा भयो सेना त हाम्रै लागि पो रहेछन् । पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुरपन्चगावामा शनिबार नेपाली सेनाको श्रीजंग गणले निशुल्क स्वास्थ्य शिविर आयोजना गरि करिब २ हजार जना स्थानीयको निशुल्क उपचार गरि औषधी पनि वितरण गरेको छ ।शनिबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा सखुवाप्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका साथै त्यस आसपासका गरि १० भन्दा बढि गाँउका स्थानीयले निशुल्क उपचार पाएका छन् ।

    उक्त शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परिक्षण र ल्याब टेष्ट समेत गरि निशुल्क औषधी वितरण गरिएको थियो । शिवीरबाट महिला र पुरुष गरि १ हजार १ सय ५० जना लाभान्वित भएको नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले जानकारी दिए । शनिबार शिविरस्थलमै पुगेका अधिकारीलले खासगरि गरिबीका कारण सदरमुकाम वीरगन्जका सुविधासम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरि सेनाले श्रीपुर पन्चगावामा बृहत निशुल्क स्वास्थ्य शिविरिको आयोजना गरेको बताए । उनले भने,‘ खर्चको अभावमा शहरका अस्पतालमा जान नसकि उपचार नपाएका गाँउका गरिब दिनदुखीहरुलाई मुख्य लक्षित गरि सेनाले यो शिविर चलाएको हो , शिविरमा गाँउलेहरु लाभान्वित भएको देख्दा मलाई खुशी लाग्यो ।विगतको कुनै कालखण्डमा सेना र जनता बिचको दुरी बढेपनि अहिले भने परिस्थिती फेरिदैं गएको उनले बताए । सेना र जनता बिचको सामिप्यता बढाउने उदेश्यले पनि सेनाले गाँउमा शिविरको आयोजना गरेको अधिकारीले बताए । उनले भने,‘ नेपाली सेना राष्ट्रिय सेना हो , जनताको सेवामा अहोरात्र खटि रहेको छ , अझैपनि सेना प्रति कतै कतै जनताको अविश्वास देखिन्छ , त्यसलाई मेट्न र जनतासंग अझ कसरी नजिक हुने प्रयासमा हामी लागि रहेका छौं , त्यहि उदेश्यले यो शिविर आयोजना गरेका हौं । उनले जनतासंग घुलमिल भएर सेना र जनता बिचको सम्बन्ध अझ सुमधुर बनाउने उदेश्यले नै पछिल्ला दिनमा सेनाले सामाजिक सेवाका गतिविधी सन्चालन गरिरहेको बताए ।

    यसअघि मध्यपूर्व पृतना हेड क्वाटरको निर्देशनमा सेनाका विभिन्न गणले महोतरी, रामेछाप र दोलखामा पनि यस्तै स्वास्थ्य शिविर आयोजना गरिसकेको र यस कार्यलाई अरु जिल्लामा पनि निरन्तरता दिने उनले बताए । शनिबार सेनाले शिविर आयोजना गरेको स्वास्थ्य शिविर स्थलमा पुगेका सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पनि सेनाको यस्ता सामाजिक गतिविधीले जनता र सेना बिचको सम्बन्धलाइ सुमधुर बनाउदै जाने प्रतिक्रिया दिए । यादवले भने,‘ एक त हाम्रो पालिका शहर भन्दा निक्कै टाढा छ , जसका कारण खासगरि गरिब विपन्न र दलितलाई उपचारका लागि शहर जानै मुश्किल हुन्छ , ती समुदायलाई सेनाको यो शिविरले धेरै राहत दिएको छ । विगतमा भएको माओवादी द्वन्द्धका कारण सेना र जनता बिच बढेको दूरीलाइ सेनाको यस्तो सामाजिक कार्यले भने घटाउदै जाने विश्वास आफुले लिएको उनले बताए । यादवले भने,‘ सेनाका यस्ता सामाजिक कार्य गाँउ गाँउमा भइरहनुपर्छ , यसले सेना र जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुरयाउछ । शनिबार सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा सखुवा प्रसौनी गाँउपालिका, नेपाल मेडिकल एशोसियसन, केडियाँ आँखा अस्पताल , प्रभु हस्पिटल , श्रीराम हस्पिटल , शान्ति क्लिनिक र नेपाल औषधी कर्मचारी संघले पनि सहयोग गरेको थियो । शीवीरमा ठाक्टर नीरज सिंह, डाक्टर मनोज गुप्ता , डाक्टर लक्ष्मी थापा , डाक्टर प्रिति यादव , कर्णेल डायमण्ड कार्की , सामाजिक अभियन्ताहरु प्रकाश थारु , दिलिपराज कार्की , कमल चौगाई लगायतले पनि सहजीकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑