• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साथीकै पेटमा दारुको बोतल घुसाएका युवक जेल चलान

  • वीरगंज संजाल
  • २५ चैत्र २०७९, शनिबार १२:२०
  • १८३७

    रौतहट । आफ्नै मोटर ग्यारेजमा बोलाएर साथीको मलद्वारबाट सिसीको बोतल पेटभित्र पसाएको आरोपमा पक्राउ परेका गुजरा–९ का नसिम खानलाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि जेल चलान गरेको छ । शल्यक्रियाबाट सिसीको बोतल निकालिएका उनको अवस्था सामान्य छ । चन्द्रपुर १० बाल्चनपुरस्थित समिरको अटो ग्यारेजमा खानले गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई गत फागुन २० गते खाजा खान बोलाएका थिए ।नशालु पदार्थ खुवाई बेहोस बनाएपछि मलद्वारबाट रक्सीको बोतल पेटभित्र पसाएका थिए । त्यसपछि गम्भीर बिरामी परेका मन्सुरीको चितवनस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरेर सिसीको बोतल निकाले थिए ।

    घट्नालगत्तै खानलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । साथी मन्सुरीलाई खाजा खान बोलाएको तर पेटभित्र बोतल पसाउने हर्कत नगरेको खानले प्रहरीसमक्ष बयान दिएका थिए ।प्रहरीले घाइते मन्सुरीलाई चितवन पुगेर आईसीयू कक्षमा बयान लिएको थियो । उनकै बयानका आधारमा खानलाई जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको प्रहरीले जनायो । गत फागुन २० गते साँझ खानको मोटरग्यारेजमा खाजा खान पुगेका मन्सुरी भोलिपल्ट घर नफर्केपछि परिवारका सदस्यले खोजबिन गरेका थिए । पटकरपटक फोन गर्दा मन्सुरी सम्पर्कमा आएनन् । अन्तमा मन्सुरी मोटरग्यारेजमा बसेको खानले बताएपछि घर लिएर आएका बुवा नेवाज मन्सुरीले बताए । घरमा उनको पेट दुख्न थालेपछि स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउँदा बिसेक नभएपछि चन्द्रपुर अस्पताल पुर्‍याएका थिए ।

    यहाँ एक्स–रे गरेर हेरेपछि पेटमा सिसीको बोतल देखिएको डा.सुभाष चौधरीले बताए । चिकित्सकले उनलाई तत्काल चितवन रेफर गरेका थिए । चितवनको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गराएका हुन् ।अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा.नारायणप्रसाद बेल्बासे र एनेसथेसिया डा.राजेश यादबसहितको टिमले पेटको शल्यक्रिया गरेर सिसीको बोतल निकालेका थिए । मलद्वारबाट ५ सय एमएलको सिसीको बोतल पसाएको हुनाले मन्सुरीको ठूलो आन्द्रामा प्वाल परेको छ । यहीकारण उनको दिसा पेटभरि फैलिसकेको डा बेलबासेले सुनाए । अहिले मन्सुरीको स्वास्थ्य अवस्था सुधार आए पनि हिँडडुल गर्न नसकेको उनका बुवा नेवाजले बताए । ‘कालको मुखबाट जोगिएर छोरा आएको छ, दोषीलाई हदैसम्मको कारबाही होस् भन्ने हाम्रो माग हो,’ उनले भने, ‘यति ठूलो अपराध गर्नेलाई छाड्न हुन्न । अहिले पनि छोराको अवस्था सामान्य भइसकेको छैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑