वीरगंज । इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपरजायन्ट्सले दोस्रो जित दर्ता गरेको छ । श्री अटल विहारी जाजपेयी क्रिकेट स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा लखनउले घरेलु टोलि सनराइजर्स हैदरावादमाथि ५ विकेटको शानदार जित निकालेको हो । हैदरावादले दिएको १२२ रनको सामान्य लक्ष्य लखनउले १६औं ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्याे ।
उसका लागि कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाए भने क्रुणाल पाण्ड्याले ३४ रनको योगदान गरेका थिए । हैदरावादका लागि बलिङ्गमा आदिल रशिदले २ विकेट लिए भने भुवनेश्वर कुमार, फजलहक फारुकी, र उमरान मलिकले समान एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले फितलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२१ रनको सामान्य योगफल खडा गरेको थियो ।
उसका लागि राहु त्रिपाठीले सर्वाधिक ३४ रन बनाए भने अनमोलप्रित सिंहले ३१, अब्दुल समादले २१ र वासिङ्गटन सुन्दरले १६ रन जोडे । यसबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लखनउका लागि बलिङ्गमा क्रुणाल पाण्ड्याले ३ विकेट लिदाँ अमित मिश्रले २ तथा यश ठाकुर र रवि विष्णोईले समान एक एक विकेट हात पारेका थिए ।जितसँगै ३ खेलमा ४ अंक जोडेको लखनउ अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हारको सामना गरेको हैदरावाद तालिकाको पुछारमा छ ।