वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले आफ्नाे भागकाे याेजना समेत गाउँपालिका अध्यक्ष यसवन्त यादवले नै संचालन गरिरहेकाे आराेप लगाएकी छन् । उपाध्यक्ष बिष्टले बिहिबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष यादवले एकलाैटी रुपमा गाउँपालिका चलाइरहेकाे वताइन । उनले नियम विपरित श्री नेरा मावि महुवनकाे प्रअ सरुवा, अनियमित रुपमा कर्मचारी भर्ना र अनावश्यक रुपमा इन्धन खर्च भएकाे समेत वताइन ।
उनले भनिन् “हामी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटक-पटक बैठक संचालन गर्न अनुरोध गर्दा बैठक संचालन नगरेकोले मिति २०७९। १२। २३ मा मेरै अध्यक्षतामा बैठक बसी सुधारको लागि बहुमत सदस्यले विभिन्न निर्णयहरु गरेकाे जानकारी गराइन । गाउँपालिका अध्यक्ष यादवले गाउँ सभाले पारित भएकाे याेजनाहरुकाे नियम अनुसार काम भइरहेकाे दाबी गरे । उनले भने “गाउँपालिकाकाे याेजनाहरु भाग लगाउने कहाँ नियम छ ? प्रशन गर्दै कसरी उपाध्यक्षकाे भागमा याेजनाहरु पर्याे ।”
गाउँपालिकामा निशुल्क रुपमा एम्बुलेन्स संचालन भएका कारण इन्धन खर्च अलि बढेकाे हुन सक्ने वताउँदै उनले कर्मचारी भर्ना नियम सम्बत भएकाे र त्यसकाे लागि कसैले पनि कसैसंग एक रुपयमा पनि नलिएकाे दाबी गरे । जिल्ला समन्वय समितिमा भएकाे पत्रकार सम्मेलनमा वडाध्यक्ष माेजामिल अंसारी, महमद आरिफ अंसारी, असेशर प्रसाद यादव, मुन्ना प्रसाद कमकर, कार्यपालिका सदस्य हसीना खातुन, महादेव साह कालवार लगायतकाे उपस्थिती रहेकाे थियाे ।