• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा ५० रुपैयामै खाना खुवाउने भरपेट भोजनालय सहयोग नजुट्दा बन्द

  • वीरगंज संजाल
  • २४ चैत्र २०७९, शुक्रबार १७:४३
  • २८१३

    वीरगंज । पचास रुपैयाँमै पेटभरि खाना खुवाउने वीरगन्जको मुर्लीस्थित भरपेट भोजनालय बन्द भएको छ । करिब १७ महिना सञ्चालन भएपछि खर्च धान्न नसक्दा भोजनालय बन्द भएको हो । गत पुस तेस्रो साता बन्द भएको भोजनालय अझै सञ्चालनमा आउन सकेको छैन । भोजनालय सञ्चालक संस्था सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनकराज सर्राफले बढ्दो महँगीका कारण सञ्चालन लागत बढेपछि भोजनालय बन्द गर्नुपरेको बताए ।साथै, समाजसेवी तथा विभिन्न संघसंस्थाले घोषणा गरेको सहयोग प्राप्त नभएका कारण पनि संकट आएको उनले बताए । ‘भोजनालय चलाउन विदेशी दाता सहयोग दिन तयार थिए, तर हामीले उनीहरूको सहयोग लिन चाहेनौं,’ उनले भने, ‘हामीले वीरगन्जवासीले भोजनालयको अपनत्व लेओस् चाहेका थियौं, तर त्यसो भएन ।’ मुर्लीमा २०७८ साउन ३१ देखि ५० रुपैयामै भरपेट खाना खुवाउने गरि भोजनालय सञ्चालनमा आएको थियो ।

    सर्राफले भोजनालयमा मासिक औसत ४ हजार २ सय जनाले खाना खाने गरेको र उनीहरूले तिर्ने पैसाबाट मासिक करिब २ लाख ७ हजार ४ सय रुपैयाँ आम्दानी हुने गरेको बताए । उनका अनुसार कर्मचारीको तलब, रासन र तरकारी खर्च र घरभाडा गरी मासिक ८ लाख ८० हजार रुपैयाँ जति खर्च हुन्थ्यो । ‘यसरी प्रत्येक महिना आम्दानीभन्दा खर्च बढी भइरहेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा भोजनालयलाई निरन्तरता दिन सकेनौं ।’ सर्राफका अनुसार सञ्चालनमा आएको एक वर्षको अवधिमा भोजनालयमा ७७ हजार सेवाग्राहीले खाना खाएका थिए । जसबाट ३८ लाख ९ हजार ८ सय १६ रुपैयाँ आम्दानी भएको थियो । त्यस अवधिमा भोजनालय सञ्चालन गर्न संस्थाले ५९ लाख ९७ हजार १ सय ४६ रुपैयाँ खर्च गरेको थियो । एक वर्षमै संस्थालाई २० लाख ९७ हजार १ सय ४६ रुपैयाँ रकम अपुग भएको थियो । भोजनालयमा खाना खानेमा रिक्सा चालक, मजदुर, विद्यार्थी, कर्मचारी र सर्वसाधारण थिए । वीरगन्जका अन्य साधारण होटलमा प्रतिप्लेट खानाको १ सय २० देखि १ सय ५० रुपैयाँ लिन्छन् । भात, दाल, दुईथरी तरकारी, अचार र सागको ५० रुपैयाँमा खान दिने गरिन्थ्यो ।

    बिहान–बेलुका भोजनालयमा खाना खान आउनेको थामी नसक्नुको भीड हुन्थ्यो । बिहान ९ देखि दिउँसो १ र साँझ ६ देखि राति ८ बजेसम्म भोजनालयमा खाना खुवाइन्थ्यो । संस्थाले वीरगन्ज महानगरभित्र दैनिक श्रम गरेर खाने कामदारलाई लक्षित गरेर सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पना गरेको सर्राफ बताउँछन् । भोजनालय स्थापनामा अमेरिकी संस्था भिजा फाउन्डेशनले सहयोग गरेको थियो । फाउन्डेसन संस्थाले पहिलो कोरोनाकालमा गरेको कामबाट प्रभावित भएको र त्यसपछि पनि विपन्न तथा मजदुर वर्गलाई लक्षित गरेर यसरी सुलभ मूल्यमा खाना खुवाउने व्यवस्था गर्न संस्थालाई प्रेरित गरेको थियो । सामाजिक अभियन्ता प्रकाश थारूले विपन्न र मजदुर वर्गलाई सस्तो मूल्यमा पोषिलो खाना खुवाउने उद्देश्यले सञ्चालित भोजनालय बन्द हुनु दुःखद भएको बताए । ‘वीरगन्ज देशकै प्रमुख आर्थिक नगरी हो, यहाँ दाताको पनि कमी छैन,’ उनले भने, ‘तर, यस्तो पवित्र उद्देश्यले सञ्चालित भोजनालयलाई निरन्तरता दिन किन यहाँका दाता अघि सरेनन् आश्चर्य लागिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑