वीरगंज । वीरगन्ज महानगर पालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज उघोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई बुधबार एक कार्यक्रमको आयोजना गरि बधाई दिएका छन् । मेयर सिंहले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीलाई खादा,माला र फुलेको गुलदस्ता दिएर बधाई दिएका हुन् ।
यस्तै संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी साह कलवाल, सह कोषाध्यक्ष अनोज रुगटा, सचिवद्वय प्रेम चन्द गोयल, शुशान्त चाचान, सह सचिवद्वय नरेश टिवडेवाल र निरज अग्रवाललाई पनि मेयर सिंहले माला र खादा लगाएर बधाई दिए। त्यसअवसरमा संघको नयाँ कार्यसमितिलाई मेयर सिंहले वीरगन्जको समग्र विकासमा महानगरले थालेको अभियानमा सबै उद्योगी व्यवसायीहरुको साथको लागि आग्रह पनि गरे ।
संघका नवनिर्वाचित अध्यक्ष अग्रवालले वीरगन्ज उघोग वाणिज्य संघले वीरगन्ज महानगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताए ।त्यसअवसरमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल , वडा अध्यक्षहरु राम किशोर सिंह पराग, प्रदीप चौरसिया, सन्जु छत्कुली, अजय कुमार बरै, बैजुलाल स्वर्णकार, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास र स्वकीय सचिव सत्यराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।