• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा ९ को वातावरण विज्ञान किताबका धेरै पाठमा वौद्धिक चोरी

  • वीरगंज संजाल
  • २३ चैत्र २०७९, बिहीबार १४:५३
  • १४६९

    वीरगंज । रविभवनस्थित निसर्ग बाटिकाले कक्षा ९ मा पढाउने वातावरण विज्ञान विषयका विभिन्न पाठ विभिन्न वेबसाइट र पुस्तकबाट जस्ताको तस्तै साभार गरेको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम अनुसार तयार पारेको भनिएको ऐच्छिक पुस्तकका लेखक राकेश श्रेष्ठ र अनिल सुवाल छन् । प्रकाशन एकता बुक्स, काठमाडौंले प्रकाश गरेको पुस्तकमा विकिपिडिया, बि्रटानिका, गुगल बुक्सबाट कतिपय अनुच्छेद जस्ताको तस्तै साभार गरिएको छ । पुस्तकको पृष्ठ ५४ मा सोइल फर्मेसन शीर्षकभित्रका उपशीर्षकहरु प्यारेन्ट मेटेरियल, टोपोग्राफी, क्लाइमेट, अर्गानिज्म, टाइम सबै इन्टरनेटबाट साभार गरिएको छ । पृष्ठ ६८ मा टानिन्स एण्ड डाइज शीर्षकका सामग्री गुगल बुकबाट हुबहु सारिएको छ । त्यस्तै पृष्ठ ९१ मा रहेको एसिड रेन शीर्षकमा पनि एक प्याराग्राफ आवर थि्रटेन्ड प्लानेट पुस्तकको हुबहु राखिएको छ ।

    किताबको १६३ पृष्ठमा रहेको कन्सेप्ट अफ क्यारिइङ क्यापासिटी शीर्षकमा विकिपिडियाबाट सारिएको छ । अभिभावक अमर विक विद्यालयको पुस्तकमा यो हदको लापरबाही क्षम्य नहुने बताउँछन् । ‘यो पुस्तक हेरेपछि नेपालमा कति सजिलै वौद्धिक अपराध हुँदोरहेछ र को को संलग्न हुने रहेछन् भनेर अचम्मित भएको छु ।’ यस्तो पुस्तक एकता बुक्सले कसरी छाप्यो, सरकारी निकायले कसरी स्वीकृत गर्‍यो, विद्यालयले हेर्दै नहेरी कसरी पढायो भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने उनले बताए । विद्यालयको कार्यबाहक पि्रन्सिपलसँग कुरा गर्दा ‘ए हुन्छ हामी चेन्ज गरौंला नि’ भनेर हलुका प्रतिक्रिया दिएको अभिभावक विकले बताए । ‘मलाई लाग्छ यो किताबको कुनै पनि कुरा लेखकले आफैं जानेर, बुझेर लेखेका होइनन् । मैले एकछिन हेर्दा धेरै चोरी गरेको भेट्टाएँ, सायद सबै यसैगरी कतै न कतैबाट चोरिएका हुन सक्छन्’ उनले भने ।

    पाठ्यक्रम विकास केन्द्र बेखबर

    नेपालमा विद्यालयहरुले सरकारले निर्धारण गरेको पाठ्यक्रम भन्दा थप पाठ्य सामग्री तथा पाठ्यपुस्तक प्रयोग गर्न पाउँछन् । त्यसका लागि प्रकाशक र लेखकले स्वीकृति लिनुपर्छ । लेखक तथा प्रकाशकहरुले थप पाठ्यसामग्री तथा डिजिटल सामग्री स्वीकृतको लागि पाठ्यक्रम विकास केन्द्रमा पेश गर्नुपर्छ । त्यसपछि केन्द्रले विस्तृत अध्ययन गरेर मात्र स्वीकृत गर्न सकिने व्यवस्था पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिकामा छ । एकता बुक्सबाट प्रकाशित पुस्तकमा पनि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भनेर स्पष्ट लेखिएको छ । तर यो पुस्तकको विभिन्न पाठमा भएको वौद्धिक चोरीबारे केन्द्र बेखबर छ । केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगाना भन्छन् ‘हामीले अगाडि नै सबै जाँच गरेर मात्रै प्रकाशनको लागि स्वीकृत दिन्छौं । सामग्री, चित्र हुबहु पाइए प्रकाशनमा रोक लगाउँछौं । तर अहिले तपाईंले भन्नुभएको विषयको सवालमा जानकारी छैन । नहेरी भन्न सकिँदैन ।’ कतिपय पाठ्यसामग्री हुबहु सारेको पाइएकाले प्रकाशन हुनुअघि प्रतिबन्ध लगाइएको र लेखक तथा प्रकाशकलाई नै कारबाही पनि गरेको ढुंगाना दाबी गर्छन् ।

    के भन्छ प्रकाशक र विद्यालय ?

    यो पुस्तकमा सन् २०२१ मा संशोधित तथा अद्यावधिक गरिएको चौथो संस्करण हो । एकता बुक्सले यो पुस्तक करिब एक हजार प्रति प्रकाशन भएको र अरु विद्यालयहरुमा पनि पढाइ भइरहेको बताएको छ । प्रकाशन गृहका व्यवस्थापक रामचन्द्र तिमोठीका यस वर्षदेखि प्रकाशन गृहका सम्पादक तथा लेखक बसेर पाठ्यपुस्तकमा भएको सामग्री कतैबाट सारिएको अथवा चोरिएको छ छैन जाँच गरेर प्रकाशन गर्न थालिएको छ । पाठ्यक्रम विकास केन्द्रले सचेत गराएपछि बौद्धिक चोरी भए नभएको जाँच गराएर मात्र पुस्तक प्रकाशन गर्न थालेको उनको भनाइ छ । अघिल्लो वर्ष प्रकाशन भएको उक्त विवादित पुस्तक भने प्रकाशन गृहको सम्पादकले व्याकरण र भाषा मात्रै हेरेकाले समस्या देखिएको हुन सक्ने उनको जिकिर छ । ‘यो वर्षदेखि हामीले बौद्धिक चोरी भए नभएको पनि जाँच गरिरहेका छौं । यसभन्दा अघि हाम्रो सम्पादकले व्याकरण र शुद्धाशुद्धी मात्रै हेर्ने गर्नुहुन्थ्यो । लेखकहरुलाई विद्वान ठान्थ्यौं र लेखकसँगै डिपेन्ड भएकोले यस्तो समस्या आएको हो’ उनले भने । कताले पुस्तक प्रकाशन गर्दा स्रोतको रुपमा बि्रटानिका र वर्ल्ड इन्साइक्लोपिडिया प्रयोग गर्दै आएपनि स्रोत उल्लेख गर्ने गरेको जिकिर व्यवस्थापक तिमोठीको छ । ‘रिसर्च बेस पुस्तक भएकाले स्रोत उल्लेख गर्नैपर्ने हुन्छ । अर्को कुरा, हुबहु नभएर आफ्नो भाषाशैलीमा लेख्नुपर्ने हुन्छ । अब तपाईंले भन्नुभएको कुरा हो होइन चेक गर्छु’ उनले भने । निसर्ग बाल वाटिकाकी कार्यबाहक प्रिन्सिपल मोनिका प्रधानले भने उक्त पुस्तक विद्यालयको पाठ्यक्रमबाट हटाइसकेको बताइन् । ‘हामीले इन्भारोमेन्ट साइन्सलाई स्लेबसबाट हटाइसकेका छौं’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑