• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको सिर्सिया नदि प्रदुषण गर्ने उद्योगलाई कडा कारवाही गर्ने मेयर सिंहको चेतावनी

  • वीरगंज संजाल
  • २२ चैत्र २०७९, बुधबार १७:३९
  • १५५७

    वीरगंज । पटकपटकको निर्देशनलाई पनि अवज्ञा गर्दै वीरगंजका केही उद्योगहरुले प्रशोधन बिना नै प्रदुषित पानी सिर्सिया नदिमा मिसाइरहेको पाइएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ परवानीपुरस्थित श्री सिद्धी टेक्सटायल्स प्रा.ली., अर्निका प्रोसेसिङ् उद्योग प्रा.ली., पन्ना पेपर उद्योग प्रा.ली. ग्लोबल लेदर उद्योग प्रालि, मोरियम लेदर उद्योग प्रालि लगायतले प्रशोधन नै नगरी प्रदुषित पानी नदिमा मिसाउने गरेको पाइएको हो । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा बुधवार अनुगमन टोली पुग्दा पनि उद्योगहरुले प्रदुषित पानी प्रशोधन बिना नदिमा मिसाएको पाइएको हो । यसअघि उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा पटकपटक अनुगमन गर्नुका साथै महानगरले प्रशोधन गरेर मात्रै नदिमा मिसाउन पत्राचार गर्दासमेत उद्योगहरुले बेवास्ता गरेको महानगर प्रमुख सिंहले बताए । उनले भने, ‘महानगरले जसरी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाएरै छाड्छ, अहिले प्रदुषित गराउने उद्योगहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुका साथै कडा रुपमा उत्रिनेमा हामी पछाडी हट्ने छैनौँ ।’

    पटकपटक आग्रह गर्दा पनि अटेर गर्नुका साथै पत्राचारलाई पनि उद्योगहरुले बेवास्ता गरेको महानगर प्रमुख सिंहको भनाई छ । उनले भने, ‘उद्योगहरुले पूर्ण रुपमा बदमाशी गरिरहेका छन्, यो कुनै पनि हालतमा सह्य हुँदैन । प्रायः उद्योगले अनुगमन गर्न आउँदा देखाउनका लागि मात्रै प्रशोधन केन्द्र बनाएका छन् । तर प्रशोधन नै नगरी दुषित पानी नदिमा मिसाएर जनताको स्वास्थ्यसँग खेलवाँड गरीरहेका छन् ।’कुनै पनि उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा यस क्षेत्रका अधिकांश उद्योगले बेवास्ता गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको बुझाई छ । पौडेल भन्छन्, ‘उद्योगहरुको लापरवाही स्पष्ट देखिन्छ, व्यवस्थित तरिकाले प्रशोधन गरेर नदिमा सफा पानी फाल्ने वातावरण बनाउनुपर्छ । तर यहाँ ठीक बिपरित देखियो । नामका लागि मात्रै प्रशोधन केन्द्र बनाए पनि प्रदुषित पानी नै नदिमा मिसाउनु सरासर गलत हो ।’अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदिमा फाल्दै आएको भेटिएको छ । सिद्धि टेक्सटायल्स उद्योगको प्रदुषित पानी मिसिनुभन्दा माथि सिर्सिया नदिको पानी सफा देख्न सकिन्छ । सिद्धि टेक्सटायल्स उद्योग नै सिर्सिया नदिलाई प्रदुषण बनाउने पहिलो उद्योग हो । त्यसपछि अरु उद्योगको प्रदुषित पानीले नदि प्रदुषण हुँदै आएको छ ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल भन्छन्, ‘सिर्सिया नदि वीरगञ्ज शहरकै लाइफलाइन हो, त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै भए पनि महानगरले कारबाही गर्छ, नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब कुनै पनि हालतमा रोकिदैन ।’अनुगमनलाई निरन्तरता दिनुका साथै नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि कडा कारबाही गरिने पौडेलको भनाई छ । सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउने अभियानमा वीरगञ्ज उद्योग वाणिज्य संघले हातेमालो गरीरहेको छ । नदिलाई सफा बनाउने विषयमा संघ पनि गम्भिर रहेको बताउँदै अध्यक्ष अनिल कुमार अग्रवालले यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने आवश्यक्ता औँल्याए । अग्रवालले भने, ‘नदिलाई सफा बनाउनु हामी सबैको सरोकारको विषय हो, अहिले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमै समस्याको समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक छ ।’

    यसअघि महानगरले नदि प्रदुषण गर्ने ५ वटा उद्योगलाई ३ लाख रुपैयाँका दरले जरिवाना पनि गरेको थियो । ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको हो । करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगञ्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले दुई महिना यता अभियान नै सञ्चालन गरेको छ । प्रमुख सिंहसहित प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक मनिषा लौडारी लगायतको अनुगमन टोलीले बुधवार परवानीपुरका ५ वटा उद्योगको अनुगमन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑