वीरगंज । सुनकोशी गाउँपालिका-१ बलखुका ५४ वर्षीय नुनबहादुर राई घरबाट बेपत्ता भएको १४ दिनपछि मृत फेला परेका छन्। मोलुङ खोला र सुनकोशी नदीको दोभान नजिकै सुनकोशी नदी किनारमा मंगलबार राई मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी चैतको ७ गतेदेखि बेपत्ता थिए। स्थानीयले मंगलबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर बेवारिसे शवका बारेमा सोधखोज गर्दा नुनबहादुर राईको रहेको पुष्टि भएको छ।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको र अनुसन्धानसँगै शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाउने तयारी भएको प्रहरीले जनाएको छ।