वीरगंज । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएका छन् । मंगलबार उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।
एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनपछि आफूहरुले राजीनामा बुझाएको राजकुमार लेखीले बताए । मन्त्रीहरुको राजीनामा स्वीकृतसमेत भइसकेको छ। यस्तै, मुख्यमन्त्री यादवले उपनिर्वाचनपछि कांग्रेस, नेकपा एस, लोसपालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने बताए।