वीरगंज । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।
एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज दुई बजे राजीनामा दिन लागेको मन्त्री यादवले बताए ।राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्रीले एमालेलाई सरकारबाट हटाउन चाहेका थिए।
तर बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आशमा उनी मौन थिए । त्यहाँ एमालेले समेत उम्मेदावारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले एमालेलाई सरकार छोड्न निर्देशन दिएका हुन् ।