झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका- ८ निवासी ६५ वर्षीया गीतादेवी खत्री रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ स्थित लक्ष्मीपुरमा प्र-१-०३-००१ प १८४६ नम्बरको मोटरसाइकलले पैदलयात्री खत्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ।