• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालीको परीक्षामा विज्ञानको प्रश्नपत्र

  • वीरगंज संजाल
  • २१ चैत्र २०७९, मंगलवार ११:३३
  • १०२५

    वीरगंज । देशभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ । सोमबार विद्यार्थीहरुले नेपाली विषयको परीक्षा दिएका छन् । तर धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषय प्रश्नपत्र पुग्दा करिब ३० मिनेट ढिलो गरी परीक्षा सञ्चालन भएको थियो । यसअघि पनि धनुषामा पहिलो दिन अंग्रेजी विषयको परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्दा ५० मिनेट ढिलो परीक्षा सञ्चालन भएको थियो । सबैला नगरपालिकाको रामप्रसाद माविमा सोमबार विज्ञान विषयको प्रश्नपत्र पुगेको थियो । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको हुनाले पुनः उक्त प्रश्नपत्रलाई शील गरी नेपालीको प्रश्नपत्र पठाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्राविधिक त्रुटिले गर्दा यस्तो समस्या देखिएको उनले प्रष्ट पारे । तर, धनुषामा मात्रै दुई पटक यस्तो त्रुटि दोहोरिएपछि नागरिकको मनमा जिज्ञासा उठ्न थालेको छ । प्रश्नपत्र बाहिर ल्याउने षड्यन्त्र रहेको कतिपयको अनुमान छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा नेपालीको प्रश्नपत्र पुग्दा पनि ५० मिनेट ढिलो परीक्षा सञ्चालन भएको थियो । शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माले माथिबाट नै आएको सिल प्याकमा त्रुटि देखिएको प्रष्ट पारेका छन् । ‘हामीले यहाँ सिल गरी आएको प्रश्नपत्र खोल्ने गरेका छैनौं,’उनले भने,‘सुरक्षाको लागि प्रश्नपत्र प्रहरीको जिम्मा छ ।’ परीक्षा केन्द्रमा ३० मिनेट पहिले प्रश्नपत्र पोकाको सिल खोलिने गरिएको उनले बताए । उनका अनुसार स्थानीय नजिकको प्रहरी चौकीमा सुरक्षासहित प्रश्नपत्र राखिएको छ ।

    अभिभावक पक्राउ : एक परीक्षा केन्द्रबाट मर्यादा विपरीत काम गरेको आरोपमा एक अभिभावक पक्राउ परेका छन् । शहीदनगर नगरपालिका–७, धबउलीका ४८ वर्षीय रामबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान प्रहरीले उनलाई सबैला नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको छ । उनले आफ्नो विद्यार्थीलाई झ्यालबाट ‘चिट’ दिने प्रयास गरेका थिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसअघि पनि दुई जना धनुषाबाट पक्राउ परेका थिए । उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएका छन् ।

    सिडियोद्वारा एसईई निरीक्षण : धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दहालले माध्यमिक शिक्षा परीक्षा (एसईई) को स्थलगत निरीक्षण गरेका छन् । सोमबार नेपाली विषयको परीक्षामा उनले तीन वटा परीक्षा केन्द्रमा निरीक्षण गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२०स्थित देवपुरास्थित जनता माध्यमिक विद्यालय, नगराइन नगरपालिका–३ को गिरिजा मावि बहिरी फुलगमा र राजेश्वर निधि उच्च माविमा निरीक्षण गरेका छन् । निरीक्षणमा धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतम, अनुसन्धानका र सशस्त्र प्रहरीका प्रतिनिधिहरु सहभागी भएका थिए । प्रमुख जिल्ला अधिकारी दहालले मर्यादित रुपमा परीक्षा सञ्चालन गर्न/गराउन निर्देशनसमेत दिएका थिए । केन्द्राध्यक्षहरुले परीक्षा शान्तिपूर्ण नै भइरहेको बताएका थिए । परीक्षा केन्द्रको अगाडि देखिने भीडभाड नगर्न उनले अभिभावकसँग अनुरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑