वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर .५ मनिहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विधालयमा विद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।
सोमबार विद्यालय प्राङ्गणमा बसेको अभिभावक भेलाले शम्भु प्रसाद थारुको अध्यक्षतामा ९ सदस्यिय समिती गठन गरेको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताए ।
समितीको सदस्यहरुमा योगेन्द्र यादव,पंचमी देवी,फुलमति देवी ,पलट प्रसाद थारु,मदन मिश्रा र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक हरिराज प्रसाद यादव रहेका छन् ।