• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुर्वमुख्यमन्त्री लालबाबुले १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याए

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार १८:०८
  • १५७७

    वीरगंज । मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रको पर्यटन प्रबर्धन र विकासका लागि १० करोड रुपैया दिने घोषणा गरेको एक वर्ष बित्दा समेत उक्त रकम नपाउदा ठोरीवासी आक्रोशित भएका छन् ।मधेस प्रदेश सरकारले ठोरी र ठोरीवासीको भावनासंग खेलवाड गरेको भन्दै उनिहरुले प्रदेश सरकारले विभेद कायमै राखे ठोरी छिमेकको बागमती प्रदेशमा मिसिन तयार रहेको चेतावनी पनि दिएका छन् । २०७८ चैत ११ गते ठोरीमै बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले निर्णय नै गरेर ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको थियो । मन्त्रीपरिषद बैठकपछि ठोरीमै आयोजित कार्यक्रममा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीमा पर्यटकीय पुर्वाधार विकासका लागि प्रदेश सरकारले १० करोड रुपैया बजेट उपलब्ध गराउने सार्वजनिक घोषणा नै गरेका थिए । उक्त कार्यक्रममा भाषण गर्दै राउतले भनेका थिए ‘ मन्त्रीपरिषदको बैठकबाट ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरयौं , यहा पर्यटकीय पुर्वाधार निर्माण र विकासका लागि तत्काल १० करोड रुपैया उपलब्ध गराउने निर्णय पनि गरयौ , आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ । तर तत्कालीन मुख्यमन्त्री राउतले मन्त्रीपरिषदबाट निर्णय गराइ घोषणा गरेको एक वर्ष बित्दा समेत उक्त रकम अहिले सम्म ठोरीले नपाएको स्थानीयको भनाई छ ।सोमबार ठोरीमै प्रदेश सरकारकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ठोरीवासीले मधेस प्रदेश सरकारले ठोरीलाई झुक्याएको भन्दै आक्रोश पोखे । ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भने,‘ ठोरीको यहि मन्चबाट तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीको पर्यटन विकासका लागि १० लाख रुपैया दिने घोषणा गरेका थिए , तर त्यो १० करोड कहा हरायो ? ठोरीले अहिले सम्म एक सुको पनि भेटेको छैन ।

    यसबारे तत्कालीन मुख्यमन्त्री राउतलाई आफुहरुले जनकपुरमा गएर उनको कार्यकक्षमै भेटेर ध्यानाकर्षण गराउँदा उल्टै राउतले तिखो वचन लगाएर फर्काएको गुनासो श्रेष्ठले गरे । श्रेष्ठले भने,‘ गत जेठ अषाढमा प्रदेशसरकारको वार्षिक नीति तथा कार्यक्रम बनाउने बेलामा म आफैं जनकपुर गएर मुख्यमन्त्रीज्युलाई भेटेर कुरा राखे तर उहाले त १० करोड बजेट ठोरीलाई दिदा मलाइ के फाइदा हुन्छ र दिनु ? भनेर जवाफ पो दिनुभयो । गत स्थानीय तहको निर्वाचनमा मुख्यमन्त्रीको दल जसपाले ठोरी गाँउपालिकामा १३५ मत मात्रै पाएको प्रसंग झिक्दै तत्कालीन मुख्यमन्त्री राउतले १३५ भोट मात्रै आउने ठाँउमा १० करोड बजेट आफुले दिन नसक्ने भन्दै तिखो वचन लगाएको पनि श्रेष्ठले बताए । उनले पुर्वमुख्यमन्त्री राउतले १० करोडको ललीपप देखाएर ठोरीवासीलाई झुक्याएको पनि बताए । श्रेष्ठका अनुसार , मधेस सरकारका तत्कालीन उद्योग ,पर्यटन तथा वनमन्त्री सत्रुधन महत्तोले पनि ठोरीको पर्यटन क्षेत्रको विकासका लागि दुइ करोड रुपैया दिने घोषणा गरेका थिए । तर त्यो बजेट पनि अहिले सम्म ठोरीमा नआएको अध्यक्ष श्रेष्ठले सुनाए । श्रेष्ठले भने,‘ मन्त्रीले पनि दुइ करोड दिने घोषणा गरेका थिए , पछि मन्त्रालयबाट १ करोडमात्रै निकासा गरियो ,तर त्यो १ करोड पनि अहिले सम्म ठोरीमा आएको छैन, कहाँ अड्कीएको छ त्योपनि थाह छैन । श्रेष्ठले भने,‘ २०४६ सालपछि यता ठोरीले कांग्रेस , एमाले , मधेसीदल सबै पाटीका नेतालाई जिताएर सांसद बनाइसकेको छ , अहिले त संघ सरकारमा यहि क्षेत्रका मन्त्री पनि बनेका छन् , तर आजसम्म कसैले पनि ध्यान नदिएकाले ठोरी ओझेलमा परेको हो । ठोरी २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले त यदि मधेसलाई ठोरी नचाहिएकै हो भने ठोरीलाई छिमेकको बागमती प्रदेशमा मिसाउनका लागि आफुहरुले आवाज उठाउने चेतावनी दिए । मुख्यमन्त्री स्वंयले नै मन्त्रीपरिषदको निर्णय गराइ ठोरीको पर्यटन प्रबर्धनका लागि १० करोड रुपैया दिने घोषणा गरेपनि त्यो १० करोडको अत्तोपत्तो नहुदाँ ठोरीवासी निराश भएको उनले बताए । सापकोटाले भने,‘ पहाडी समुदायको बाहुल्य क्षेत्र ठोरीसंग प्रदेश सरकारले प्रतिशोध साँधेको छ , यदि यस्तै रवैया रहिरहने हो भने हामी बागमती प्रदेशमा मिसिन खुशी खुशी तयार छौं ।

    उनले दोहो¥याएर भने,‘ कि त मधेस प्रदेश सरकारले ठोरी पनि आफनै भुगोल हो भनेर ध्यान दिओस् ,अन्यथा हामी सरकारबाटै विभेद खेपेर यो प्रदेशमा बसिरहन सक्दैनौ । कार्यक्रममा नेकपा एमालेका ठोरी गाँउपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठले पनि ठोरी प्रति हेर्र्ने मधेस प्रदेश सरकारको दृष्टकोण विभेदकारी रहेको बताए । उनले भने,‘ ठोरीलाई हेर्ने मधेस सरकारको दृष्टिकोण ठिक छैन , विभेदकारी छ , त्यसकारण सरकारले आफनो रवैया सच्याउनुपर्छ । ठोरीको पर्यटन प्रबर्धनका लागि १० करोड दिने भनेर तत्कालीन मुख्यमन्त्री राउतले ठोरीलाई झुक्याएकोले ठोरीवासीमा सरकार प्रति आक्रोश बढ्दै गएको उनले सुनाए । कार्यक्रममा ठोरीवासीको गुनासो र आक्रोश सुनेपछि पर्यटन मन्त्री यादवले तत्कालीन मुख्यमन्त्रीले कार्यान्वयनमा ल्याउनै नसक्ने कुरा बोल्न नहुने बताइन् । उनले भनिन्,‘ विगतका मुख्यमन्त्री ज्युले १० करोड दिन्छु भनेर कसरी बोल्नु भयो , त्यस बारे म कुनै टिप्पणी गर्न चाहन्न , तर यत्तिमात्र भन्छु कि जुन कुरा पुरा गर्न सकिदैन त्यो बोल्नु हुदैनथ्यो । मन्त्री यादवले ठोरी पर्यटकीय क्षेत्रका लागि प्रचुर सम्भावना बोकेको प्रदेशकै एक महत्वपूर्ण पालिका भएकाले अबका दिनमा प्रदेश सरकारले ठोरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिइन् ।उनले भनिन्,‘ प्रदेश सरकारको नजरमा ठोरी छ , यहाको पर्यटन क्षेत्रको विकासका लागि अब प्रदेश सरकारले कुनै कन्जुस्याँइ गर्दैन , नयाँ बन्ने बजेटमा ठोरीले प्राथमिकता पाउँछ । त्यसका कारण ठोरीलाई मधे प्रदेशबाट हटाएर अर्को कुनै प्रदेशमा मिसाउने कुराले समस्याको समाधान नहुने उनको भनाई थियो । उनले मधेसमा घुम्न आउने पर्यटकहरुको लागि ठोरीमै रिफ्रेसमेन्ट सेन्टर बनाउने सोच मधे। सरकारको रहेको पनि सुनाइन् । ठोरी २ स्थित ठोरी जंगल रिसोर्टमा ठोरी गाँउपालिकाले ‘ठोरीको पर्यटन पबर्धनमा सरोकारवालाहरुको भूममीका’ तथा सम्मान कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मानित गरेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली रेग्मी ,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल लगायतको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑