वीरगंज । नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको प्रथम केन्द्रिय महाधिवेशन वीरगन्जमा हुने भएको छ । आउँदो चैत २२ र २३ वीरगन्जको नगरसभा गृहमा पिछडावर्ग ओबिसी महासंघको प्रथम केन्द्रिय महाधिवेशन हुने लागेको हो । वीरगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघले प्रथम महाधिवेशनलाई भव्य रुपमा बनाउन तयारी थालिएको केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादले जानकारी दिए ।
उनका अनुसार पिछडावर्ग ओबिसी महासंघको प्रथम महाधिवेशनमा २२ जिल्लाका ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने केन्द्रिय उपाध्यक्ष अकलेश साहले जानकारी दिए । महाधिवेशने तयारीको बारेमा पुर्व जानकारीका लागी चैत २१ गते पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकाल र सचिव रचना खड्का वीरगन्ज आईपुग्ने उपाध्यक्ष साहले बताए ।
साहका अनुसार महाधिवेशनमा तराई मधेश २२ जिल्लाका ४४ जातजातीबाट प्रतिनिधि सहभागी हुने छन । पत्रकार सम्मेलनमा पिछडावर्ग ओबिसी महासंघका महासचिव जयप्रकाश महतो , उपमहासचिव धनराज गुप्ता , कोषाध्यक्ष लिला कुशवाहा ,केन्द्रिय सदस्य रामबाबु चौरसीया , केन्द्रिय सदस्य राजेश सिंह , ओबिसि पर्साका सचिव चन्दन सहनी ,अनेरास्ववियु पर्साका सचिव पवन यादव , युवा नेता निपु साह लगायतका नेताहरुको सहभागीता रहेको थियो ।