वीरगंज । कांग्रेसका जितनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनका लागि सोमबार दिउँसो मनोनयन दर्ता गराएका छन् । श्रेष्ठलाई सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको सहयोग छ ।
मनोनयन दर्ताअघि भरतपुर चौबीसकोठीमा कोणसभासमेत भएको थियो । कोणसभालाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायतले सम्बोधन गरेका थिए ।
चौबीसकोठीबाट जुलुस लिएर उम्मेदवारी दर्ताका लागि भरतपुरको मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । श्रेष्ठ कांग्रेस चितवनका पूर्व जिल्लासभापतिसमेत हुन् । चितवन-२ मा यसअघि रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।