• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै, २५ जनाभन्दा बढी जान नपाइने

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार १२:२६
  • १०३३

    वीरगंज । बैशाख १० हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि सम्बन्धित क्षेत्रमा सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदिेखि साँझ ५ बजेसम्मको समय दिइएको छ। आयोगले निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ। उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने आयोगले जनाएको छ। यसैगरी उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाइने छैन। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ। गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं२ का लागि उपनिर्वाचन हुन लागेको हो।

    तनहुँमा दलहरुलाई छुट्टै समय : तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका विभिन्न राजनीतिक तथा सरोकारवालासँग छलफल गरी उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय तोकिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए। उनका अनुसार नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले) लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय तोकिएको छ। अन्य राजनीतिक दललाई पनि सहमतिमै समय मिलाएर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने प्रयासमा रहेको उनले बताए।

    कहाँ को उम्मेदवार ?

    सत्तारुढ गठबन्धनमा आवद्ध ठूला दलले साझा उम्मेदवार तय गर्दा एमाले, रास्वपा, राप्रपालगायतले एकल उम्मेदवारी दर्ता गराउने भएका छन्। चितवन–२ मा यसअघि फराकिलो अन्तरले निर्वाचित रवि लामिछानेलाई नै राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ। त्यहाँ एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई प्रतिस्पर्धी बनाएको छ। श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। चितवन–२ मा राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाउँदैछ। बारा–२ मा सत्ता गठबन्धनभित्रका दल विभाजित भएका छन्। त्यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जसपाका उम्मेदवारलाई सघाउँदै छन्। जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउँदैछ। मंसिरको चुनावमा सप्तरी–२ बाट पराजित यादवलाई जसपाले संसद प्रवेश गराउने लक्षसहति उप–निर्वाचनका लागि बारा भित्र्याएको हो। सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार घोषणा गरिसकेको छ। मंसिरको चुनावमा माओवादी केन्द्रबाट प्रतिस्पर्धी गर्दा कुशवाह निकटतम् प्रतिद्वन्द्वी थिए। रास्वपाले पूर्व डिआइजी एवं सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाउँदै छ। खरेल मंसिरको चुनावमा काठमाडौं–१ का प्रत्यासी थिए। एमालेले बारा–२ को उम्मेदवार तोकिसकेको छैन। पूर्वमन्त्री पुरुषोत्तम पौडेलको चर्चा रहेको छ। बारा–२ मा राप्रपाले सानेलाल साहलाई प्रतिस्पर्धी बनाउँदैछ। तनहुँ–१ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार बन्दै छन्। रास्वपाले नेपाली कांग्रेस छोडेका अर्थविद् स्वर्णिम वाग्लेलाई टिकट दिएको छ। एमालेबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्दैछन्। खनाल मंसिरको चुनावमा काठमाडौं–६ बाट पराजित भएका थिए। माओवादी केन्द्रका स्थानीय नेताले कांग्रेसलाई समर्थन गर्न नसकिने भन्दै एकल उम्मेदवारी दिएर मित्रवत् प्रतिस्पर्धाको वातावरण बनाउन पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन्। मंसिरमा तनहुँ–१ बाट स्वतन्त्र प्रतिस्पर्धा गरेका कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले उप–निर्वाचन नलड्ने घोषणा गरेका छन्। जोशी समूहको मत त्यहाँ निर्णायक मानिन्छ। तनहुँ–१ मा राप्रपाले शोभा गुरुङलाई प्रतिस्पर्धी बनाएको छ।

    कहाँ कति मतदाता

    आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गत मंसिरकोभन्दा तनहुँ क्षेत्र नम्बर १ मतदाता संख्या कम देखिएको छ। निर्वाचन आयोगका अनुसार तनहुँ १ मा १८५ जना मतदाता घटेका छन्। मंसिरको चुनावमा १ लाख २३ हजार ४९० जना मतदाता रहेकोमा अहिले घटेर १ लाख २३ हजार ३०५ कायम भएको आयोगले जनाएको छ। चितवन क्षेत्र नम्बर २ मा भने मंसिरयता ४७० जना मतदाता थपिएका छन्। वैशाख १० को उपचुनावमा यहाँबाट १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन्। बारा २ मा पनि २३७ मतदाता थपिएका छन्। यहाँ हुने उपचुनावमा १ लाख ५ हजार २४८ जनाले मतदानमा भाग लिन पाउनेछन्। आगामी वैशाख ९ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले उपनिर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ। जसअनुसार देशभर मंसिरको भन्दा १२ हजार ९९६ जना मतदाता थपिएका छन्। मंसिरको आमचुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । तत बिहीबार प्रकाशित अन्तिम नामावलीमा १ करोड ८० लाख १ हजार ५६६ मतदाता पुगेका छन्। यसमध्ये महिला ८८ लाख ५२ हजार ४६ जना छन् भने पुरुष ९१ लाख ४९ हजार ३३५ र अन्य १८५ मतदाता छन्। वैशाख १० मा हुने तीन निर्वाचन क्षेत्रमा १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र कायम भएका छन्। चितवन क्षेत्र नम्बर २ मा ४३ मतदानस्थल र १३८ मतदान केन्द्र कायम भएका छन् भने बारा २ मा ८२ मतदानस्थल र १३७ मतदान केन्द्र छन्। तनहुँ १ मा ६९ मतदानस्थल र १५२ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑