• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका ग्रामिण भेगका जनताको गुनासो, ‘चोरी तस्करी बढ्यो, प्रहरीले रोक्न सकेन’

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार १२:१३
  • १४२१

    पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिकामा सामुदायिक-प्रहरी साझेदारीअन्तर्गत आइतबार सुरक्षा निकाय र स्थानिय तह बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले ग्रामिण भेग कार्यरत सुरक्षा निकायको काममाथि प्रश्न उठाए । चोरी, तस्करी र अवैध मदिरा भट्टी सञ्चालन नियन्त्रण गर्न सुरक्षा निकायले चाँसो नदेखाएको स्थानीयले आरोप लगाए । सुरक्षा निकायको फितलो व्यवस्थाका कारण गाउँघरमा चोरीको घटनामा बढ्दै गएको उनीहरुले गुनासो गरे । स्थानिय सिन्धु मेहताले गाउँमै रहेको सशस्त्र प्रहरीक क्याम्प नजिकैबाट केहि दिन अगाडि चापाकल चोरी भएको घटना सुनाउँदै भने, ‘सुरक्षा निकायको क्याम्प नजिकैबाट चोरी हुँदा पनि प्रहरीले केही गर्न सकेन । हामी आम सर्वसाधारणले कसरी सुरक्षाको अनुभूति गर्नु ? हाम्रो घरमा चोरी हुन्छ भन्ने डर जहिले पनि रहिरहन्छ ।’ अर्का स्थानिय चन्देश चौहानले ग्रामीण भेगबाटसमेत मोटरसाइकल चोरीको घटनामा वृद्धि हुँदै गएको बताए । उनले चोरहरु गाउँमा सक्रिय भएको र पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गरेर भारत पुर्याउने गरेको गुनासो गरे । मोटरसाइकल चोरीको घटना नियन्त्रण गर्न पनि प्रहरी प्रशासनले कुनै चासो नदेखाएको उनको आरोप थियो । चौहानले गाउँसँगै जोडिएका सिमा क्षेत्रहरुमा अवैध मदिरा भट्टीको पनि निर्वाध रुपमा सञ्चालन भइरहेको जानकारी गराए । सुरक्षाकर्मीहरुकै संरक्षणमा सञ्चालित मदिरा भट्टीमा भारतीयहरुले आएर रक्सि खाँदै स्थानीयहरुसँग समेत अभद्र व्यवहार गर्दा कुनै कारवाही नहुने गरेको उनको भनाई थियो ।

    पकहाँमैनपुर-३ का वडा अध्यक्ष सञ्जयप्रसाद चौहानले पनि चोरीको घटनामा वृद्धि भएको कुरा त्यहाँ पुगेका सुरक्षा निकायका पदाधिकार र प्रमुखहरुलाई अवगत गराए । सञ्जयले वडा कार्यालयको बजेटबाट जडान गरिएको सोलार लाइटमा राखिएको ब्याट्री चार दिनमै चोरी भएको घटना सुनाउँदै भने, ‘सुरक्षा निकायले ध्यान पुर्याउन नसक्दा चोरीको घटनामा वृद्धि हुँदै गएको हो ।’ त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष ढेडीप्रसाद यादवले मल, खादलगायत कृषिका लागि आवश्यक सामग्री भारतबाट ल्याउँदा सुरक्षाकर्मीहरुले दु:ख दिनेगरेको बताए । उनले भने, ‘हाम्रो देशमा मल, खादा पाइँदैन । कृषकहरुले आफ्नो प्रयोजनका लागि भारतबाट एक बोरा खाद र मल ल्याउँदा पनि सुरक्षाकर्मीहरुले समातेर बहादुरी देखाउने गरेका छन् । चोरीको घटना वृद्धि हुँदा त्यसलाई नियन्त्रण गर्न चासो देखाउँदैनन् र कृषकहरुलाई दु:ख मात्र दिने काम गर्छन ।’ उनले भारतबाट मल ल्याउँदा प्रहरीलाई रोकटोक नगर्न माग गरे । आफन्तहरुले भारतीय गाडी लिएर आउँदासमेत सुरक्षाकर्मीहरुले अफ्ठ्यारो पार्ने गरेको उनको दुखेसो छ । गाउँ कार्यपालिका सदस्य रमावती देवीले गाउँमा रहेका पसलबाट सहजै लागूऔषध गाँजाको विक्रीवितरण भइरहेको बताइन । युवाहरु सहजै गाउँको पसलबाट पुडियामा गाँजा खरिद गरेर खाने गरेको बताउँदै उनले भनिन्, ‘सुरक्षा निकाय अगाडिनै गाँजा विक्री हुन्छ । उहाँहरुले केहिपनि गर्न सक्नु हुन्छ । आफ्नो आँखा अगाडि युवाहरु कुलतमा फँसिरहेको देख्दा चित्त फाट्छ । यसलाई नियन्त्रण गर्नुपर्योग ।’गाउँ कार्यपालिका कार्यालयकै प्राङ्गणमा भएको कार्यक्रममा स्थानीयहरुसँग बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद् व्यवस्थापनको लागि पूर्व रुपमा तयार रहनुपर्नेमा जोड दिए । जिल्ला स्तरिय विपद् व्यस्थापन समितिका अध्यक्षसमेत रहेका अधिकारी रेग्मीले अहिले हवाहुरीको समय सुरु भइसकेकोले आगलागीलगायतको विपद्बाट जोगिन स्थानिय स्तरमा विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक तयारी थाल्न सुझाव दिए । कार्यक्रममा उठेको सवाल र प्रश्नको जवाफ दिँदै उनले वडा स्तरिय सुरक्षा समन्वय समिति गठन गरेर प्रहरीसँगको समन्वयमा समस्या समाधान गर्नु पर्ने बताए । उनले भने, ‘चोरी, तस्करीलगायतको समस्या समाधानको लागि तपाईंहरुले सहयोग गरिदिनुस् । स-साना चोरीको समस्याहरु प्रहरीले समाधान गरिदिन्छ । तस्कर को हुन् र घरायसी प्रयोगको लागि कस कसले सामान ल्याएका हुन्, त्यसको जानकारी तपाईंहरूले स्थानिय स्तरको सुरक्षा समन्वय समितिबाट जानकारी गराइदिनु पर्यो ।’

    अन्य समस्या समाधानका लागि पनि प्रहरीले खेल्नुपर्ने भूमिकाका बारेमा पनि समिति मार्फत प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे । प्रहरी, प्रशासन स्थानीयहरुको साथमा रहेको उनको भनाई थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल विक्रम शाहले नियम सम्बत बिना भन्सार कुनै पनि सामान ल्याउन नपाईने बताउँदै आफूहरु यसै समाजको भएकोले व्यवहारिक हिसाबले छुट दिएको बताए । तर उनले छुट दिँदा चेकजाँच नै रोक्नुपर्ने माग गलत भएको स्पष्ट पारे । उनले भने, ‘प्रहरीको नियत अनावश्यक दु:ख दिने हुँदै ओइना । यस प्रती हामी सजक छौं ।’ शाहले पनि वडा अध्यक्षको संयोजत्वमा वडा स्तरीय सुरक्षा समन्वय समिती गठन गरेर स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान गंरे वातावरण निर्माण गर्न सुझाव दिए । गाउँपालिका भित्र अवैध रुपमा सञ्चालित मदिरा भट्टीहरुविरुद्ध तत्कालै कारवाही सुरुगर्न उनले मातहातका प्रहरी निकायलाई निर्देशन पनि दिए । सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले घरेलु तथा व्यक्तिगत प्रयोजनको लागि भारतबाट स्थानीयहरुले सामग्री ल्याउँदा रोकटोक नगर्न मातहातका प्रहरी पदाधिकारीकहरुलाई निर्देशन दिइएको जानकारी गराए । गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरफुन नेसा, प्रमुख प्रशासकिय अधिकृत राज कुशावाहा, वडाध्यक्षहरु विनोद मेहता, बलिराम चौरसिया लागयतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण अनिल साहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑