वीरगंज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो पहिलाे खेलमा राजस्थान रोयल्सले जित हात पारेकाे छ । आइतबार साँझ भएकाे खेलमा राजस्थानले सनराइजर्स हैदरवादलाई ७२ रनले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हाे ।
हैदरवादको राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पूरा २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
२०४ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनाएपछि खेल राजस्थानले जितेकाे हाे।