• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

  • वीरगंज संजाल
  • १९ चैत्र २०७९, आईतवार १८:०५
  • ११०९

    वीरगंज । पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न आङ्गिक क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेका ६ हजार ५१३ जना विद्यार्थीहरू दीक्षित भएका छन्। उच्च शिक्षातर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उत्तीर्ण भएका विद्यार्थीहरू दीक्षित भएका हुन्। मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आइतबार आयोजित ११ औं दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो। दीक्षित हुनेमा स्नातक र स्नातकोत्तर तह अन्तर्गत कला संकायतर्फका १३५, कानून संकायतर्फका ३०६, शिक्षाशास्त्रका ५०२, व्यवस्थापनका १ हजार ८६२, चिकित्साशास्त्रका २ हजार ३२४ र विज्ञान तथा प्रविधि संकायका १ हजार ३८४ जना विद्यार्थीहरू रहेका छन्। दीक्षित हुने विद्यार्थीहरूमा व्यवस्थापनतर्फ एमफिल उत्तीर्ण गर्ने ६ जना छन्।

    २०७८ पौष १७ देखि ०७९ पौष १६ सम्म शैक्षिक प्रमाण–पत्र (ट्रान्सक्रिप्ट) प्राप्त गरेर दीक्षान्त समारोहको ग्रेसलिष्टमा नाम समावेश भएका विद्यार्थीहरूलाई आइतबार दीक्षित गरिएको पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा १२ जना विद्यार्थीहरूले स्वर्ण पदक प्राप्त गरेका छन्। जसमा दुई जनाले २०७८ र बाँकीले २०७९ मा शैक्षिक प्रमाण–पत्र लिएका छन्। डा. दुवासु क्षेत्री र हिमदेवी सिटौलासहित विभिन्न संकाय तथा विश्वविद्यालय टप गर्ने दीक्षा रेग्मी, दिनेश सखकर्मी, कविता डंगोल, लरिसा महर्जन, सुनयना श्रेष्ठ, अजय विश्वकर्मा, पवित्रा भण्डारी, नेदिना पराजुली, लक्ष्मीप्रसाद उपाध्याय र सन्तोष गिरीले स्वर्ण पदक प्राप्त गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवराज कोइरालाले बताए। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उनीहरूलाई शैक्षिक उपाधि प्रदान गरेको उनले जानकारी दिए।

    उपाधि वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारको बाटोमा रहेको बताए। उनले देशको सर्वाङ्गिक विकासका लागि दक्ष जनशक्तिको मागलाई परिपुर्ति गर्न पूर्वाञ्चल विश्वविद्यालयको योगदान अतुलनीय रहेको जिकिर गरे। विश्वबजारमा प्रतिस्पर्धाका लागि आत्मनिर्भर र व्यावसायिक बन्न सघाउ पुर्‍याउने विश्वविद्यालयको लक्ष्य रहेको उनले जानकारी दिए। ‘जनताको जीवनस्तर उकास्ने र हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति हामी उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘अब हामीले दिगो विकास, वातावरण संरक्षण र नवप्रवर्तन जस्ता बिषयमा ध्यान दिनुपर्ने बेला आएको छ।’ प्रधानमन्त्री प्रचण्डले चिकित्सकीय दक्ष जनशक्ति उत्पादनका लागि गोठगाउँस्थित विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको तयारी समेत धमाधम भईरहेको बताए। सरकारले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति समेत प्रदान गरिसकेको उनले स्पष्ट पारे। सरकारले भने गत माघमा नै गोठगाउँस्थित पूविमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्रयोगात्मक गर्न विराटनगरस्थित कोशी अस्पताललाई प्रयोग गर्न दिईने दुई संस्थाबिचको सहमतिलाई स्वीकृति प्रदान गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑