• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनअपेक्षा अनुसारको काम गर्न नसक्नुमा दलिय राजनितिक मुख्य कारण : मेयर यादव

  • वीरगंज संजाल
  • १९ चैत्र २०७९, आईतवार १८:०३
  • १२४१

    बारा । बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले एक घर एक रोजगार योजनाका साथ काम गर्ने बताउनुभयो । आफ्नो पालिका कृषिमा आधारित पालिका भएको भन्दै ९० प्रतिशत नागरिक कृषि पेसामा रहेको उहाँले बताउनुभयो । ‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले बाराको कलैयामा आयोजना गरेको तन्नेरीसँग मेयर कार्यक्रममा उहाँले यहाँका जनता बढी कृषि पेसामा रहेका कारण सोही अनुसारको एक घर एक रोजगार कार्यक्रम ल्याउने तयारीमा आफु जुटेको बताउनुभयो । यहाँका नागरिक समुह बनाएर कृषिमा आधारित कार्य गरेर रोजगारी सृजना गर्ने योजना लिएर आएपछि आफु त्यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मेयर यादवले भन्नुभयो “पलिकाका युवाहरु रोजगारको शिलशिलामा विदेश जाने योजनामा एजेन्टहरुबा ठगिने गरेको छन् । यो अवस्थालाई मध्यनजर गर्दै आफु पछिल्लो कार्यकालमा ५ सय युवाहरुलाई फ्रि भिसामा विदेश पाठाएको बताउनुभयो ।” मेयर यादवले शिक्षामा ३ करोड बजेट छुट्याईएको भन्दै पालिकामा खस्किएको शिक्षा स्तरलाई बृद्धी गर्दै लैजाने बताउनुभयो । पालिकाका सामुदायिक विद्यालयमा शिक्षक अभावको पदपुर्ती र विद्यार्थीहरुको अनुशासनमा विशेष जोड दिईदै प्रत्येक विद्यालयमा अङ्गग्रेजी माध्यममा कक्षा संचालन गर्ने र विद्यार्थीहरुलाई अङ्गग्रेजी बोल्न सिकाउने तर्फ विशेष जोड दिने बताउनुभयो ।

    जनताको अपेक्षा अनुसारको काम गर्न नसक्नुमा दलिय राजनितिकलाई मुख्य कारण भएको मेयर यादवले बताउनुभयो । दलिय राजनितिकाका कारण नगरवासीको अवस्था र आवश्यकताको भावनालाई समेट्न नसकिएको कारण जनअपेक्षा अनुसारको काम गर्न आफु चुकेको उहाँले बताउनुभयो । “वडा सदस्य, वडा अध्यक्ष लगायतले जनअपेक्षाका कामहरुको योजना बनाएर नगरसभामा ल्याएर साही बमोजिम काम कारवाही अगाडी बढाइए जनताले काम आफ्नो अपेक्षा अनुसार भएको महसुस् गर्ने छन् मेयर यादवले भन्नुभयो ।” यसैगरी सोही कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले युवा युवतीहरुलाई रोजगार दिन आफुहरु लागे पनि यो समस्या समाधान गर्न गाह्रो भएको बताउनुभयो । युवायुवतीहरुलाई कृषिमै आधारित योजना ल्याएर रोजगार दिने कार्यमा आफु जुटेको बताउनुभयो । कृषिमा २ करोडको बजेट छुट्याएर काम बोरिङ्ग, ट्युववेल जडान, उन्नत जातका विउविजन वितरण लगायतका कार्य गरिरहेको बताउनुभयो ।

    माथिलो तहको सरकारले स्थानियमा उत्पादित सामाग्रीको बजारीकरण गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । आफुहरु कृषिमा करोडौं खर्च गरे पनि उचित बजारको कारण किसानहरु पिडित रहेको कुरा औल्याउनुभयो । कार्यक्रममा तन्नेरीहरुले रोजगारका निम्ति पालिकाले काम गरे पनि सिपमुलक कार्यक्रमको आवश्यकता रहेको बताए । सोको जवाफमा मेयर यादव र फेटाका अध्यक्ष अन्सारीले आवश्यक सिपमुलक कार्यक्रमको योजना लिएर आउन नगरवासी तथा गाउँवासीहरुलाई आग्रह गर्दै आफुहरु त्यसको व्यस्थामा लाग्ने उहाँहरुले प्रतिबद्धता जनाउनुभयो । स्थानिय संचारकर्मी साजिर मंसुर र हाम्रो अभियानका शिवनाथ यादवले सहजिकरण गरेको कार्यक्रममा उपस्थित तन्नेरीहरुले महागढीमाई नगरपालिका र फेटा गाउँपालिकाले गरेका राम्रा कामहरु के–के हुन् ? स्थानिय युवाहरुको रोजगारका निम्ति पालिकाले के गर्दैछ ? शिक्षा सुधारका लागी पालिकाको के कस्तो योजना छ ? लगायतका प्रश्न गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑