वीरगंज । ट्याक्टर दुर्घटनामा परेर तनहुँमा एकजनाको मृत्यु भएको छ । शनिबार तनहुँको भानु नगरपालिका २ भकुन्थोकस्थित डुम्रे बेशिसहर सडक खण्ड जोड्ने भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड गरी जाँदै गरेको बा ०३–००१ त २२६ नम्बरको ट्याक्टरको इन्जिन र ट्रली जोइने भाग भाँचेर दुर्घटना हुँदा ट्याक्टरमा सवार तनहुँको भानु नगरपालिका २ बस्ने ४० वर्षीय ईश्वर अधिकारी, १७ वर्षीय को समीर अधिकारी र ३९ वर्षीय दीपक नेपाली सख्त घाइते भएका थिए ।
घाइतेहरू मध्ये अधिकारीको उपचारको क्रममा बिहान पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।