• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालको रकम हिनामिना

  • वीरगंज संजाल
  • १८ चैत्र २०७९, शनिबार ११:१८
  • १०४९

    रौतहट । गौरस्थित प्रादेशिक अस्पतालमा उपचार गराउन आएका बिरामीले तिरेको शुल्क कर्मचारी र विकास समितिका अध्यक्षले हिनामिना गरेको खुलेको छ । बिरामीबाट लिइने शुल्क अस्पताल विकास समितिको बैंक खातामा जम्मा नगरी कर्मचारी र समितिका अध्यक्षले चलाएका हुन् । गौर अस्पतालमा उपचारका लागि आउने बिरामीबाट रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, घाउ जाँच फारमलगायत जाँचमा लाग्ने शुल्क अस्पतालका अहेब प्रमोद यादव र अर्का करारका कर्मचारी असलम अन्सारीले हिनामिना गरेका छन् । यादवले बिरामीबाट २०७९ मसिर १३ गतेदेखि फागुन १५ गतेसम्म चार महिनाको १२ लाख ५२ हजार ५४ रुपैयाँ बुझेका थिए । उक्त रकममध्ये ४ लाख ५८ हजार ५ सय बैंकमा दाखिला गरेका छन् । बाँकी ७ लाख ९३ हजार ५ सय ५४ रुपैयाँ अस्पताल विकास समितिको खातामा जम्मा गरिएको छैन ।

    त्यस्तै, अर्का करारका कर्मचारी अन्सारीले सोही समयमा बिरामीबाट लिएको १० लाख ९७ हजार ५ सय ९८ रुपैयाँमध्ये २ लाख ३२ हजार ४ सय ५५ रुपैयाँ मात्र बैंक खातामा जम्मा गरेका छन् । बाँकीको ८ लाख ६५ हजार १ सय ४३ रुपैयाँ आफैंसित राखे । उक्त रकम अस्पताल विकास समितिको खातामा जम्मा नभएको जानकारी पाएलगत्तै अस्पतालका तत्कालिन प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) डा. कृष्ण साहले यादव र अन्सारीलाई रकम जम्मा गर्न निर्देशन दिए । तर, त्यो रकम अझै उनीहरूसँगै छ । डा. साहका अनुसार दुवैले अस्पतालका बिरामीबाट मंसिरयता फागुन १५ गतेसम्म २३ लाख ४९ हजार ६ सय ५२ रुपैयाँमध्ये १६ लाख ५८ हजार ६ सय ९७ रुपैयाँ हिनामिना गरेका भेट्टिएको छ । समितिको खातामा दैनिक रकम जम्मा गर्नुपर्नेमा त्यसो किन नगरेको भनेर डा. साहले दुवैसित सोधपुछ गरेका थिए । दुवैले समितिका अध्यक्ष अनवर हासमीले सबै रकम लिएर गएको बताए । अहेव यादवले अस्पतालमा आउने बिरामीबाट उठेको रकममध्ये ४ लाख ४० हजार अध्यक्ष हासमीले जबर्जस्ती मागेर लगेको बताए । ‘दबाब दिएर अस्पतालको रकम लिएर जानुभयो,’ उनले भने, ‘मैले भर्पाइ गराएर मात्र पैसा दिएको छु । यसमा मेरो केही गल्ती छैन ।

    अध्यक्ष आफैंले बैंकमा रकम जम्मा गर्ने भनेर लगेका हुन् । केही रकम मेरो जिम्मामा छ, त्यो छिट्टै खातामा जम्मा गरिदिन्छु ।’ यादव र अन्सारीलाई अस्पताल विकास समितिले नगद काउन्टरको जिम्मेवारी दिएको थियो । अस्पतालमा बिरामीको चाप बढेको दिन झन्डै ४०/५० हजारसम्म रकम संकलन हुने अहेव यादवले सुनाए । उक्त रकम दैनिक समितिको खातामा जम्मा गर्नुपर्नेमा अध्यक्ष र कर्मचारीले मासेका हुन् । डा. साहका अनुसार अस्पतालका अर्का कर्मचारी रामारमण सहनीले पनि बिरामीबाट जम्मा भएको ३० हजार रकम समितिको खातामा जम्मा गरेका छैनन् । उनीसित पनि सोधपुछ भइरहेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अस्पतालको रकम हिनामिनाबारे आफूले जानकारी पाएको बताए । ‘मैले कर्मचारीबाट रकम असुलेर कारबाही गर्न भनेको छु,’ उनले भने, ‘अस्पतालको कर्मचारी होस् वा जोसुकै गलत गरेको छ भने कारबाही हुन्छ ।’ प्रादेशिक अस्पताल गौरमा भारतको बैरगनियालगायत सीमा क्षेत्रका बिरामीसमेत उपचारका लागि आउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑