• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संकटमा परेका वित्तिय संस्था र ऋणीको लागि सुनौलो अवसर

  • वीरगंज संजाल
  • १७ चैत्र २०७९, शुक्रबार १२:५३
  • १०९३

    वीरगञ्ज । मूलुकमा देखा परेको आर्थिक मन्दिको कारण संकटमा परेका बैंक तथा वित्तिय संस्था र ऋणीहरु विच सहजीकरणका लागि नेशनल एकेडेमी फर फाइनान्सियल सर्मिसेजले परामर्श सेवा दिने भएको छ ।
    बैक तथा वित्तिय संस्था र ऋणी वीचको असमझदारीलाई न्यूनिकरण गर्ने र खराव कर्जा व्यवस्थापनमा सहयोगिको भूमिका खेल्ने गरी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि.ले २०८० बैशाखबाट कारोबार संचालन गर्न लागेको हो ।

    बढ्दो खराव कर्जाको कारण नेपालको बैकिङ क्षेत्र तनावमा छ । आर्थिक मन्दिको कारण उद्योग व्यवसाय चल्न सकेको छैन । बढ्दो महंगिले जनताको क्रयशक्ति दिन पर दिन कमजोर हुदैछ । यस्तोमा बैंक वित्तिय संस्थाबाट कर्जा लिएका ऋणिहरु कर्जाको किस्ता र व्याज तिर्न सक्ने अवस्थामा छैनन् । निष्कृय कर्जाको मात्रा बढ्दै गइरहेको छ । २ प्रतिशत भन्दा कम रहेको निष्कृय कर्जा आषाढ भित्र ५ प्रतिशत पुग्ने बारे नेपाल राष्ट्र बैकले चेतावनी दिइसकेको छ ।

    अमेरिकाको बैंकहरु टाट पल्टदै जाँदा र स्विजरल्याण्डको क्रेडिट स्विस बैंक चलाउन नसक्ने अवस्थामा पुगेको भयावह अवस्था छ । यस्तोमा नेपालको बैंकिङ क्षेत्रको निष्कृय कर्जा २ प्रतिशत भन्दा कम हुँदा अन्तराष्ट्रिय मुद्रा कोषले विश्वास गर्न नसकेको अवस्था छ । दश वटा ठुला वाणिज्य बैंकको लेखा परिक्षण अन्तराष्ट्रिय मान्यता प्राप्त लेखा परिक्षकबाट गराउनु पर्ने शर्तले भविश्य कता जाने ठेगान छैन् ।

    चारै तिर असहज परिस्थितिको वीच नेपालका केही ठुला उद्यगपति, व्यवसायी बैंकको ऋण नतिर्ने अभियानमा सक्रिय छन । सहकारी पछि लघु वित्त ओरालो लाग्दै गर्दा कतै नेपालका बैंक वित्तिय संस्था पनि संकटग्रस्त हुने त हैन भनि आम जनमानस त्रसित भएको अवस्था देखिन्छ । बैंकर र ऋणी वीचको तनाव र असमझदारी बढ्दै गइरहेको छ । चैत्र २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावले आगोमा घ्यू थप्ने काम भैरहेको देखिन्छ । भोटको राजनीतिले गर्दा उद्योगपति व्यवसायी बैंक वित्तिय संस्था विरुद्ध बोल्न थालेका छन् ।

    नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि.का संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार यस्तो संकटपूर्ण र एक अर्का प्रति अविश्वास भएको बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ । त्यही आवश्यकता पूर्तिको लागि पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर आउदो बैशाखबाट कारोबार संचालन गर्न लागेको भट्टराईले बताउँछन् ।

    नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, विरगंजका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईको टिम बनाएको कम्पनीले जनाएको छ । विभिन्न करपोरेट क्षेत्रका व्यक्तित्व र संचार उद्यमिहरुको समेत कम्पनीमा सहभागिता रहेको छ ।

    नेशनल एकेडेमीले मूलत संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सेलिङ, कन्सलटेन्सी र कोचिङ (तालिम) गर्ने उद्देश्य लिएको छ । संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने , स्टार्ट अप व्यवसायलाई सघाउ पु¥याउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने गरी कार्य योजना बनाएको छ । आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा विशेषत बैंक र ऋणी वीचको असमझदारी हटाउन समन्वय कर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराव कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएको संस्थापक अध्यक्ष तथा हाल महालक्ष्मी लाईफ इन्स्योरेन्सका कार्यकारी प्रमुख रमेश कुमार भट्टराईले बताए ।

    बैकं बित्तिय संस्था, बिमा कंम्पनि, सहकारि, उधोग ब्यवसाय मर्चेन्ट बैकिंग, धितो पत्र दलाल लगायत सबै किसिमको संघ संस्थाको संचालन, व्यवस्थापन डेभलपमेन्ट मा सहयोगिको भुमिका निर्बाह गर्ने उदेश्यले कम्पनीले काम शुरु गर्न थालेको प्रमुख कार्यकारी संचालक बसन्त राज लम्सालले बताए । नया उधोग ब्यवसायको संभाब्यता अध्यन गर्ने, लगानिको ब्यवस्थापन गर्ने, बैकं बित्तिय क्षेत्रमा देखिएको बर्तमान, पुरानो र खराब कर्जाको ब्यवस्थापन लगायत मध्यस्थकर्ता र सहजकर्ताको भुमिका निर्बाह गर्ने गरि बैशाख महिना देखि अनुभवि र दक्ष ब्यक्तिको सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत लम्साल जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑