वीरगञ्ज । बाराको जितपुरसिमरास्थति हरपुरमा निर्माण हुनलागेको श्रीराधाकृष्ण मन्दिर तथा धर्मशालाको आज श्रीरामनवमीको अवसरमा शिलान्यास गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर गाउँमा निर्माण हुनलागेको मन्दिर तथा धर्मशालाको बिहिबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो । मन्दिरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले शिलन्यास गरेका छन् । लगभग ५० लाख रुपैयाँको लागतमा निर्माण हुनलागेक मन्दिरका लागि स्थानीयहरुले आफैमा चन्दा सङ्कलन गरेका छन् । स्थानीयहरुको सहकार्य र दाताहरुको सहयोगमा मन्दिर र धर्मशाला निर्माण गर्न लागिएको मन्दिर निर्माण समित का अध्यक्ष गजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
मन्दिर शिलान्यास कार्यक्रममा लोसपा जितपुरसिमरा नगर समितिका अध्यक्ष सिवजी साह, प्रदेशसभाका प्रत्यासी सन्तोश कुशवाह, वडा नम्बर ९ का अध्यक्ष मोतिलाल यादव, वडा १९ का अध्यक्ष दिपु क्षेत्री, वडा ११ का अध्यक्ष बिन्दा साह, सरोज पटेल, छठु यादव, सञ्जय पटेल, टुन्टुन कुमार, राम कुमार मण्डल, राजु यादव, राजकुमार यादव, रवि तिवारीलगायत वडा नम्बर २४ को स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।
बुधबार मात्रै वडा नम्बर २४ का वडा अध्यक्षले मन्दिर र धर्मशाला निर्माण हुनलागेको स्थलमा स्वास्थ्य चौकी बनाउनुका निमित्त नापनक्सा गर्न खोजेपछि विवाद भएको थियो । विवादका क्रममा प्रहरीले एक दर्जनभन्दा पनि बढीलाई नियन्त्रणमा लिएको थियो भने एकजना घाइतेसमेत भएका थिए । वडा अध्यक्ष सुत्लान अन्सारीले आफूहरुको इच्छा विपरित मन्दिर निर्माण हुने ठाउँमा स्वास्थ्य चौकी निर्माण गर्न खोजेको आरोप लगाउँदै स्थानीयहरु विवाद झिकेका थिए ।