वीरगन्ज । सिराहा लाइ पराजित गर्दै बारा ले वीरगन्जमा जारी मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जकाे आदर्शनगर रंगशालामा आज भएकाे पहिलाे सेमिफाइनल खेलमा सिरहा लाई ३-० ले पराजित गर्दै बाराले फाइनलकाे यात्रा तय गरेकाे हाे । खेल अवधिभर सिरहा माथि हाबी भएकाे बाराका लागि विवेक चाैधरीले दुई र कृपा चाैधरीले एक गाेल गरे । खेलकाे २३ ओैं मिनेटमा गाेल गरेर बारालाई अग्रता दिलाएका विवेकले ३७ ओैं मिनेटमा अर्काे गाेल थप्दै पहिलाे हाफमा २-० काे अग्रतामा पुर्याएका थिए । दाेस्रो हाफमा पनि सिरहामाथि हाबी नै देखिएकाे बाराका लागि खेलकाे ६१ ओैं मिनेटमा कृपास्रो चौधरीले गाेल गर्दै ३-० काे फराकिलो जित दिलाए । उक्त खेलकाे म्यान अफ दि म्याच बाराका लागि दुई गाेल गरेका विवेक चौधरी घाेषित भए । उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले भोलि बिहीबार पर्सा र धनुषा बिच हुने दाेस्रो सेमिफाइनल खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
आजको पहिलो सेमिफाइनल खेलको प्रमुख अतिथी नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले खेल सुरु हुनु भन्दा पहिले खेलाडीहरु सँग हात मिलाइ शुभकामना दिदै रेफ्री लाइ फुटबँल दिएर आजको सेमिफाइनल खेल सुभारम्भ गराएका थिए । प्रमुख अतिथी इम्तियाज आलमले खेल र जीवन एउटै रहेको र जसरी जीवनमा सुख मात्र हुदैन दुख पनि आउदछ भने हरेक खेलमा पनि जित हार जे भए पनि स्वीकार्नु पर्ने प्रतिक्रिया दिए । जीवनको लामो यात्रामा हार जित भइ नै रहन्छ, त्यसैगरी खेलकुदमा पनि सधैं जित्न सकिदैन । त्यसैले हारजित हुने भन्दा पनि खेलमा भाग लिनु महत्वपूर्ण हो । कुनै पनि राम्रो खेलाडी देशको नराम्रो नागरिक हुन सक्दैन भन्दै खेलकुदले मानिसमा समष्टिगत रूपमा असल गुणहरुको विकास गर्ने विचार ब्यक्त गर्नु भयो । खेलकै कारण मानिसको जीवन अनुशासित हुने र उसले हर क्षेत्रमा सफलता हासिल गर्ने उहाले बताउदै सफलता प्राप्त गर्न कुनै छोटो बाटो हुदैन केवल इमान्दारीता र मेहेनत र इमान्दारिताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भनी सम्पुर्ण खेलाडीलाई शुभकामना प्रदान गरेका थिए ।
सो अवसरमा बिरगंज महानगर वडा ४ का वसाअध्यक्ष जगत प्रसाद साह कानु , नेपाल किसान संघ पर्साका अध्यक्ष अरविन्द त्रीपाठि ,गिरिजाप्रसाद कोइराला फाउन्डेसन मधेश प्रदेशका अध्यक्ष मोहम्मद सहाबुद्धिन, उपमेयरका स्वकिय सचिव शेषकुमार हजरा,युवा नेता धर्मराज यादव लगायत अतिथिहरुको अहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता हुने टिमले १ लाख ५१ हजार र दोस्रो हुनेले ७५ हजार ङद पुरुस्कार एवं ट्रफी पाउने फाउन्डेसन का पर्सा अध्यक्ष धिरज गुप्ताले जानकारी गराउनु भयो ।