वीरगन्ज । सनि चौरसिया । नागरिकता विद्ययेक पारित गर्न माग राख्दै नागरिकता विहिन संघर्ष समितिले यतिबेला मेची–महाकाली अभियान सुरु गरेको छ । झापाबाट सुरु भएको सो यात्रा हिजो( मंगलबार) वीरगन्ज आइपुगेको छ । नागरिकता विद्ययेक पारित गर्न माग राखेका छन । करिब ६ सय नागरिकता पिडितको काजपत्र संकलन गरेका छन् । देशैभरका पिडिहरुको काजपत्र संकलन गरेर सर्वोच्चमा मुद्दा हाल्ने तयारी समेत रहेको नागरिकता पिडित हारु बताए ।
दशहजार भन्दा बढी पिडितहरुको नागरिकता सम्बन्धि कागजपत्र संकलन गरेर मुद्दा हाल्ने तयारी रहेको बताउदै उनले कानुनी परामर्श समेत भइरहेको बताए ।
विगत २ वर्ष देखि नागरिकता विहिन संघर्ष समिति नेपालले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिको सन्तान र एकल आमाका सन्तानहरूलाई लगायत नागरिकता विद्येयक पास गराउनका लागि विभिन्न चरणबद्ध रूपले सडक आन्दोलन लगायत सरोकारवालालाई ज्ञापन पत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आइरहेका छन् । तर पनि सरकारले यस विषयमा कुनै चासो नदेखाएकाले मेचीमहाकाली यात्रा सुरु गर्न बाध्य बनेको संघर्ष समितिका प्रतिनिधिहरु बताउछन् ।