• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘एल निनो’ का कारण कमजोर मनुसुनको आँकलन: उत्पादन घट्ने, उच्च महँगीको जोखिम

  • वीरगंज संजाल
  • १५ चैत्र २०७९, बुधबार १४:४४
  • २१४९

    वीरगंज । नेपालमा मन्त्रालयको भागवण्डाको समय चलिरहेको छ । बलिया, महत्वपूर्ण र मालदार मन्त्रालय कसको भागमा पार्ने भन्ने छलफलमा सरकार अल्झेको छ । तर छिमेकी मुलुक भारतलाई भने आगामी मनसुनमा पानी कम पर्ने भएकोले महँगीलाई लिएर चिन्ता छ । मौसम पूर्वानुमान गर्ने एजेन्सीहरुले सार्वजनिक गरेको प्रारम्भिक रिपोर्टलाई आधार मान्ने हो भने यस पटकको मनसुन कमजोर हुने छ। कतिपय स्थानमा खडेरीको सम्भावना समेत आउँन सक्ने आँकलन गरिएको छ । भारतीय अर्थतन्त्रको लागि मनुसुन निक्कै महत्वपूर्ण रहन्छ । मनसुनी वर्षा राम्रो भएको वर्ष भारतमा कृषिमा आधारित खाद्यान्नको उत्पादन राम्रो हुन्छ, र आर्थिक वृद्धिमा दरिलो टेवा पुग्छ । त्यसको ठिक उल्टो मनसुनी वर्ष कम हुँदा खाद्यान्नको उत्पादन कम भई खाद्यान्न अभाव हुने तथा मूल्य वृद्धि भई अत्यधिक महँगी बढ्ने हुन्छ । आर्थिक वृद्धिमा समेत असर गर्छ । त्यसको अवस्था आउँछ कि भन्ने चिन्ता भारतलाई परेको छ । भारतको अर्थ मन्त्रालयले यसबारे आफ्नो जनवरी प्रतिवेदनमा उल्लेख गरिसकेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा यदि एजेन्सीहरुले अनुमान गरे अनुसार मनसुन कमजोर रह्यो भने कृषिजन्य उत्पादन कम हुने र त्यसले गर्दा महँगी बढ्ने उल्लेख छ ।

    भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि मनसुन कमजोर हुने विषयलाई आफ्नो प्रतिवेदनमा समावेश गर्दै साधारण अवस्था रहे महँगी दर ५ देखि ५.६ प्रतिशतबीच कायम रहने उल्लेख गरेको छ । तर यदि मनसुन कमजोर रहेमा महँगी दर सो भन्दा धेरै माथि जाने केन्द्रीय बैंकको प्रक्षेपण छ । भरतीय मौसम विज्ञान विभागका अनुसार भारतमा अहिले पनि मार्च महिनामा तापक्रम औसत भन्दा माथि रहेको छ । यसको असर गहुँ उत्पादनमा परेको छ । यो वर्ष भरी नै भारतको तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । यसले कृषिजन्य उत्पादनमा ह्रास आउने भारतीय संचारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । मनुसुन कमजोर भएमा र तापक्रम औसत भन्दा बढी रहेमा भारतीय अर्थतन्त्रको लागि आगामी केहि वर्ष कठिन हुने त्यहाँका नीतिनिर्माताले बताएका छन् । विशेषगरी महँगीलाई लिएर उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन् । नेपालमा पनि प्रत्यक्ष असर यदि मनुसुन कमजोर भएमा त्यसको सिधा असर नेपालमा पनि पर्ने नै छ । भारत हुँदै नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ । मनसुन कमजोर हुँदा नेपालमा धान उत्पादनमा सिधा असर पार्छ । धान उत्पादनमा असर पर्दा त्यसले आर्थिक वृद्धिमा असर पार्छ । नेपालमा पनि आर्थिक वृद्धिमा मनुसुनको ठूलो भूमिका छ । मनुसुन कमजोर हुने हुँदा नेपालमा पनि उत्पादन कम भई महँगी बढ्न सक्ने सम्भावना उत्तिकै छ । धान मात्र नभई सबै प्रकारका खाद्यान्न र तरकारीलाई यसले असर पार्ने देखिन्छ ।

    नेपालले ठूलो मात्रामा तरकारी र खाद्यान्न भारतबाट आयात गर्छ । तर भारतमा पनि मनुसुन कमजोर भई उत्पादन कम हुने हुँदा उसले आफुलाई नै अपुग भएको भन्दै नेपाललाई बिक्री नगर्न सक्छ । जुन यस वर्ष गहुँको हकमा देखिएको थियो । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा मैदा उद्योगहरु समस्यामा परेका थिए । मनुसुन कम हुँदा फेरी पनि नेपालले चाहेर पनि भारतबाट खाद्यान्न तथा तरकारी आयात गर्न नसक्ने अवस्था आउँन सक्छ । जसका कारण अन्य तेस्रो मुलुकबाट आयात गर्दा लागत बढ्न गई मूल्य थप बढ्ने देखिन्छ । वर्षा कम भई उत्पादन नै घट्ने र सो समस्या भारतमा पनि एकै साथ पर्ने भएकोले नेपालको लागि पनि २०८० साल कठिन हुने देखिन्छ । के छ मौसम सम्बन्धि एजेन्सीहरुको रिपोर्टमा ?

    मौसम पूर्वानुमान गर्न एजेन्सीहरुले ‘एल निनो’ भन्ने मौसमी प्रणाली विकास भईरहेको बताएका छन् । प्रशान्त महासागरको पश्चिम भागमा समुद्री सतहको पानी तातेर हावाको न्यूनचापीय क्षेत्र तयार हुने अवस्थालाई एल निनो भनिन्छ । प्रशान्त महासागरमा हुने यस परिवर्तनको असर भने विश्वको हरेक ठाउँमा पर्ने मौसमविद बताउछन् । एल निनो हुने वर्षहरुमा सामान्यता बढी वर्षा हुने क्षेत्रमा न्यून वर्षा, वा खडेरी नै हुन सक्दछ भने खडेरी वा न्यून वर्षा हुने क्षेत्रमा भारि वर्षा र बाढीको सम्भावना रहन्छ । एल निनोले मनसुनी वर्षा गराउने प्रणालीलाई नै कमजोर पार्ने भएकोले विभिन्न एजेन्सीहरुले कम वर्षा वा कतिपय स्थानमा खडेरी कै चेतावनी दिएका हुन् । अमेरिकाको नेशनल ओसियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनले एल निनोको सम्भावना ५५ देखि ६० प्रतिशत रहेको जनाएको छ । इम्के ग्लोबलले तयार पारेको एक रिपोर्ट अनुसार एल निनोको प्रभाव देखिएको १२ वटा मध्ये ९ वटा वर्षामा भारतमा खडेरीको समस्या देखिएको थियो । यस अघि सन् २०१४ र २०१९ मा एल निनोको प्रभाव देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑