वीरगंज । प्रहरीले सामान ढुवानी गर्ने लहरीबाट प्रतिबन्धित लागू औषध सहित दुईजनालाई पक्राउ गर गएराति नौ बजेको समयमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकमा खटिएको प्रहरी टोलीले मधेस प्रदेश ०३–००१ क.२२४३ नम्बरको टेलर (लहरी) चेकजाँच गर्ने क्रममा लहरीको क्याविनमा लुकाई ल्याएको लागूऔषध बरामद गरेको हो ।
रामेछाप जिल्ला खाँडदेवी गा.पा.वडा नं.२ बस्ने बर्ष ३१ को अर्जुन कुमार श्रेष्ठले चलाएको लहरीमा बसेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बस्ने बर्ष १९ को दिपेश कार्की चालकलाई पनि पक्राउ गरेको छ ।
टेलर (लहरी) को क्याविनमा चालक र सह–चालक बस्ने सिट पछाडी रहेको लामो सिटमुनी लुकाईएको लागुऔषध ईन्जेक्शन २ एमलकोDIAZEPAM २८ एम्पुल, NOOPHIN २८ एम्पुल, PHENERGAN २८ एम्पुल, NITRAVET लेखिएको ७५ ट्यावलेट र NITRAZEPAM लेखिएको ८० ट्याव्लेट फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध सहित चालक अर्जुन कुमार श्रेष्ठ र सह–चालक दिपेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि लागुऔषध सम्बन्धि कसुर शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।