वीरगंज । सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्राको क्रममा सवारी अआवागमन प्रभावित हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले रथ यात्राको रुट हुँदै चल्ने सवारी साधनका चालकलाई रथयात्रा हुने समयमा वैकल्पिक मार्गको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
आज काठमाडौँको तीनधारा पाठशालाबाट आजदेखी सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । आज पहिलो दिन तीनधारा पाठशालाबाट रथ तानेर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याउने कार्यक्रम रहेको छ । ५ दिन सम्म हुने रथयात्रा अन्तर्गत भोली १६ गते रथलाई असनबाट केलटोल, ईन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म लगिनेछ ।
१७ गते भने हनुमानढोकाबाट रथलाई मरु,जोशीदेग र ज्याबहाल हुँदै लगनसम्म पुर्याइने कार्यक्रम रहेको छ । अन्तिम दिन १९ गते लगनबाट रथलाई दलाछी, जोशीदेवल, कोहिटी, भिमसेनस्थान, मरुटोल, प्याफल, यट्खा, नरदेवी र किलागल हुँदै केलटोल पुर्याएर सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिने छ