• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको भाटभटेनीमा विशेष छुट जारी

  • वीरगंज संजाल
  • १४ चैत्र २०७९, मंगलवार १२:४१
  • २३३३

    वीरगंज । रामनिवास पटेल । मुलुककै ठूलो चेन सुपरस्टोर संचालन गरिरहेको भाटभटेनीको स्टोर मधेश प्रदेशको वीरगञ्जमा संचालनमा आएसंगै यहाँको उपभोक्तामा नयाँ उत्साह देखिएको छ । वीरगञ्जको गण्डक बहुअरीमा संचालनमा आएको भाटभटेनीको २४ औं स्टोर हो । यहि चैत ९ गतेबाट संचालनमा आएसंगै वीरगंज तथा यस आसपासका शहरी एवम् ग्रामिण भेगका स्थानीयहरुद्धारा भाटभटेनीको अवलोकन तथा आवश्यक सामग्री खरिदका लागि दिनहुँ भिड लाग्ने गरेको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गर्ने अभियान अनुरुप नै नेपालकै आर्थिकद्वार मानिएको वीरगंज शहरमा आफ्नो २४औ स्टोर संचालनमा ल्याएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । करिब २ अर्ब ५० करोडको लागतमा स्थापना गरिएको यो स्टोर सञ्चालनमा आएसँगै स्थानीय २ सय ५० बढीले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको भन्दै अन्तर्र ाष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै नभई स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई समेत विशेष प्राथमिकता दिने उनले बताए । वीरगंजमा स्टोर संचालनमा आएसंगै वीरगंजबासीले देखाउनुभएको मायाले आफू निक्कै उत्साही भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको भनाई छ ।

    “यो स्टोर वीरगंज वासीको हो हामी त निमित्त मात्र हौ, हमीले त माध्यम बनेर संचालनमा मात्र ल्याएका होै, यसलाई समग्र वीरगंजको सम्पत्तीको रुपमा ग्रहण गरी उदघाटनकै दिनबाट बीरगंज वासीले दिनुभएको अपार मायाले हामीलाई अझ धेरै गर्ने हौसला पनि मिलेको छ”,उनले भने । स्टोरले शुभारम्भका अवसरमा सम्पूर्ण समानमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्स सामानमा २० प्रतिसत सम्म छुट प्रदान गरेको छ । भाटभटेनी स्टोरमा खरिदकर्तालाई शुभारम्भका अवसरमा प्रदान गरिएको बिषेश छुटको व्यवस्था अर्को सूचना जारी नभए सम्मका लागि यथावत राखिएको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । वीरगंज महानगरपालिका– १४ गण्डक, बहुअरीमा २ बिघा १० कठ्ठा क्षेत्रफलमा यो स्टोर निर्माण भएको हो । स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास ब्राण्डेड लुगासंगै दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध गराइृएको सुपर स्टोरका सि.ई.ओ. पानु पौडेलले बताए । फुडकोर्ट सहितको पूर्ण वातानुकुलित एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङ गर्न पाउँदा जयादै खुशी मिलेको वीरगञ्जका व्यवसायि जंगबहादुर पंडितले बताए । उनले भने‘यस अघि हामीलाई स्तरीय सपिङका लागि भारत वा हेटोैडा तथा चितवनसम्म पुग्नु वर्ने बाध्यता रहेकोमा वीरगंजमा भाटभटेनी संचालनमा आउदा त्यो बाध्यता अब हटेको छ, उनले भने ।

    भाटभटेनीको संचालनले यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने वीरगंज उद्योग बाण्ज्यि संघका सिईओ मनोज उपाध्यायले बताए । “ग्राहकले खोजेका गुणस्तरीय सबै सामान एकै ठाउँमा पाउने हुँदा सामान खरिदका लागि एता उता भौतारि रहन नपर्नाले समयको समेत बचत हुन्छ” उनले भने..। स्टोरको संचालनबाट वीरगंजका मात्र होईन सिमावर्ती बजार रंक्सौल आसपासका शहरका मनिसहरुमापनि निकै उत्सुकता रहेको र उनीहरु सपिङका लागि आउन आतुर रहेको रक्सौल भारतका संचारकर्मी मनोज कुमार गुप्ताले बताए । सपिङका लागि आएकी भारत रक्सौलकी गृहणी रिङकु जैसवालले भाटभटेनीमा आएर अन्तर्राष्ट्रिय स्तरको सपिङ गर्न पाउदा अत्यानतै खुशी लागेको र आफुहरु समय मिलायर आईनैरहने समेत बताईन् । विराटनगर, भैरहवा, नेपालगन्ज तथा धनगढिमा जस्ता सिमार्ती शहरहरुमा भाटभटेनी स्थापना संगै भारतीयहरू सर–सामान किन्न र मनोरन्जन गर्नका लागि नेपाल आउने बड्दो रहेको छ । वीरगन्ज संगै अब छिटै संचालनमा आउने जनकपुर, बिर्तामोड र दमकका स्टोरमा पनि यो क्रम जारी रहने अनुमान भाटभटेनी व्यवस्थापनको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑