• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संचालनमा आएसंगै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता

  • वीरगंज संजाल
  • १३ चैत्र २०७९, सोमबार १२:११
  • १२५३

    वीरगंज । मुलुककै ठूलो चेन सुपरस्टोर संचालन गरिरहेको भाटभटेनीको स्टोर मधेश प्रदेशको वीरगंजमा संचालनमा आएसंगै बीरगंज बासीमा उत्साह छाएको छ । वीरगंजको गण्डक बहुअरीमा संचालनमा आएको यो भाटभटेनीको २४ औं स्टोर हो । यहि चैत्र ९ गतेबाट संचालनमा आएसंगै वीरगंज तथा यस आसपासका शहरी एवम् ग्रामिण भेगका स्थानियहरुद्धारा भतटभटेनीको अवलोकन तथा आवस्यक समाग्री खरिदका लागि दिनहु भिड लाग्नेगरेकोे छ । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गर्ने अभियान अनुरुपनै नेपालकै आर्थिकद्वार मानिएको
    वीरगंज शहरमा आफ्नो २४औ स्टोर संचालनमा ल्याईएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । कबिर २ अर्ब ५० करोडको लागतमा स्थापना गरिएको यो स्टोर सञ्चालनमा आएसँगै स्थानीय २ सय ५० बढीले प्रत्येक्ष रोजगारी पाएको उहाले बताउनु भयो । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको भन्दै अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै नभई स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई समेत विशेष प्राथमिकता दिने उनले बताए ।

    वीरगंजमा स्टोर संचालनमा आएसंगै वीरगंजबासीले देखाउनुभएको मायाले आफु निकै उत्साही भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको भनाई छ । “यो स्टोर वीरगंज वासीको हो हामी त निमित्त मात्र हौ, हमीले त माध्यम बनेर संचालनमा मात्र ल्याएका होै, यसलाई समग्र वीरगंजको सम्पत्तीको रुपमा ग्रहण गरी उद्घाटनकै दिनबाट बीरगंज वासीले दिनुभएको अपार मायाले हामीलाई अझ धेरै गर्ने हौसला पनि मिलेको छ”.. उनले
    भने । स्टोरले शुभारम्भका अवसरमा सम्पूर्ण समानमा १० प्रतिसत तथा ईलेक्ट्रोनिक्स समानमा २० प्रतिसत सम्म छुट प्रदान गरेको छ । भाटभटेनी स्टोरमा खरिदकर्तालाई शुभारम्भका अवसरमा प्रदान गरिएको बिषेश छुटको ब्यवस्था अर्को सुचना जारी नभए सम्मका लागि यथावत राखिएको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । वीरगंज महानगरपालिका १४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा यो स्टोर निर्माण भएको हो । २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेस रहेको यस स्टोर अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ सहित ७ तल्लाको रहेको छ । स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो रहेको भाटभटेनीको भनाई छ ।

    स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास ब्राण्डेड लुगासंगै दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध गराइृएको सुपर स्टोरका सि.ई.ओ. पानु पौडेले बताए । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङ गर्न पाउदा जयादै खुशी मिलेको बीरगंजका ब्यावसायी जंगबहादुर पंडीतले बताए । उनले भने..यस अघि हामीलाई स्तरीय सपिङका लागि भारत वा हेटोैडा तथा चितवनसम्म पुग्नु वर्ने बाध्यता रहेकोमा वीरगंजमा भाटभटेनी संचालनमा आउदा त्यो बाध्यता अब हटेको छ, उनले भने ।
    भाटभटेनीको संचालनले यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने वीरगंज उद्योग बाण्ज्यि संघका सिईओ मनोज उपाध्यायले बताए । “ग्रहकले खोजेका गुणस्तरीय सबै सामान एकै ठाउमा पाउने हुँदा समान खरिदका लागि एता उता भौतारिरहन नपर्नाले समयको समेत बचत हुन्छ” उनले भने..। स्टोरको संचालनबाट वीरगंजका मात्र होईन सिमावर्ती बजार रंक्सौल आसपासका शहरका मनिसहरुमापनि निकै उत्सुकता रहेको र उनिहरु सपिङका लागि आउन आतुर रहेको रक्सौल भारतका संचारकर्मी मनोज कुमार गुप्ताले बताए । सपिङका लागि आएकी भारत रक्सौलकी गृहणी रिङकु जैसवालले भाटभटेनीमा आएर अन्तराष्ट्रिय स्तरको सपिङ गर्न पाउदा अत्यानतै खुशी लागेको र आफुहरु समय मिलायर आईनैरहने समेत बताईन ।

    भाटभटेनीले अहिलेसम्म ६ हजार पाँच सयलाई रोजगारी प्रदान गरिहेको छ । २०८० भित्रै मधेस प्रदेशको राजधानी जनकपुर र झापाको विर्तामोड तथा दमकमा थप स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको छ । भाटभटेनीले तराई क्षेत्रका सहरहरुमामा सुपर स्टोर संचालनमा ल्यायपछि छिमेकी मुलुक भारतका सिमावर्ति शहरका उपभोक्ताहरु पनि सामान किन्न र सहज शपिङको अनुभव गर्न नेपाल आउने क्रम समेत बढेको छ । विराटनगर, भैरहवा, नेपालगन्ज तथा धनगढिमा जस्ता सिमार्ती शहरहरुमा भाटभटेनी स्थापना संगै भारतीयहरू सर–सामान किन्न र मनोरन्जन गर्नका लागि नेपाल आउने बड्दो रहेकोे छ । वीरगन्ज संगै अब छिटै संचालनमा आउने जनकपुर, बिर्तामोड र दमकका स्टोरमा पनि यो क्रम जारी रहने अनुमान भाटभटेनी व्यवस्थापनको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑