वीरगञ्ज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आफैले चलाएको ट्याक्टर दुर्घटना भएर एकजनाको मृत्यु भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय विष्णु बहादुर फुयाँलको आफैले चलाएको ट्याक्टर दुर्घटनामा परेर सोमबार बिहान मृत्यु भएको हो ।
ज १ च ३४३७ ट्याक्टर लिएर बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको थियो ।
अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।