कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बिदाई भइजान लागेका केसीको आगामी कार्यकालको शुभकामना दिदै आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गरेको काम सराहनीय रहेको बताए ।
कार्यक्रममा शैख खालिद रशीद, अब्दुल नूर ,तारिक रियाज, इरसाद अहमद, अलताफ़ अहमद खां, असरफ खां, समद खां, मौलाना मुबारक शाह लगायत रहेका थिए ।