बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा भन्दा ठुलो धन केही नभएको बताउँनुभएको छ । गृह जिल्लामा रहेको गढीमाई मन्दिरको दर्शन गर्न बारा आउनु भएका उपराष्ट्रपति यादवले महागढीमाई नगरपालिकाले आईतबार बरियारपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले आफू सामान्य परिवारको ब्यीक्त भएको बताउँनुभयो ।
आफुले धनको रुपमा पाएको पढाई लेखाईले नै देशको उपराष्ट्रपति बन्न सफल भएको बताउँनुभयो । देशको शिक्षा र स्वास्थ्यलाई बिकासको पहिलो प्राथमिकतामा राखेर यस क्षेत्रको उत्थानकोलागि पहल गर्ने जानकारी दिनुभयो ।
एक दिनको बसाई पछि काठमाण्डौ फर्किने उहाँको कार्यक्रम रहेको छ ।उपराष्ट्रपतीको स्वागतमा मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरु, पालिका प्रमुखहरु, स्थानिय प्रहरी प्रशासन प्रमुखहरु , जिल्लाका सरकारी कार्यलयका कर्मचारीहरु र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको सिमरा विमानस्थलमा भिड लागेको थियो ।