वीरगंज । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्मा टेबल भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धानन्तिक छलफलमा बोल्दै उनले प्रधानन्यायाधीशलगायतका नियुक्ति रोकिएको भन्दै विधेयक पास गरेर त्यसलाई पूरा गर्नुपर्ने बताए ।
उनले संशोधन हाल्ने भए पनि छिट्टै पास गर्नुपर्नेमा जोड दिए । साथै, उनले वर्तमान सरकारलाई संसद् छल्ने नगर्न पनि सुझाव दिए ।