वीरगंज । जनमत पार्टीको पर्सा जिल्ला संयोजकको जिम्मेवारी युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले पाएका छन् । गत फागुन २० गते जनमत पार्टीमा प्रवेश गरेका सर्राफलाई जनमत पार्टीले जिल्ला संयोजक बनाएको हो ।डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्य समितिले पर्सा जिल्ला संयोजकको जिम्मेवारी सर्राफलाई दिएको हो । जमत पार्टीका राष्ट्रिय अध्यक्ष राउतले शुक्रबार जारी गरेको पत्रमा जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा सर्राफलाई मनोनित गरिएको उल्लेख छ ।
मधेस आन्दोलन ताका देखि नै मधेसी दलबाट राजनीतिक यात्रा थालेका सर्राफ , तत्कालीन तमलोपा , राजपा हुदै गत मंसिर ४ को निर्वाचन अघि सम्म लोसपाको वीरगन्ज महानगर अध्यक्ष समेत थिए । तर निर्वाचनमा लोसपाले टिकट नदिएपछि सर्राफले हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा उनले दुइ हजार भन्दा बढि मत पनि पाएका थिए । यसअघि २०७४ को निर्वाचनमा पनि त्यहि क्षेत्रबाट सर्राफ प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए ।
जमनत पार्टीले पर्सा जिल्लाको इन्चार्जको जिम्मेवारी माधव प्रसाद सिंह र जिल्ला सहसंयोजकको जिम्मेदवारी मुकेश द्धिवेदीलाई दिएको छ । यस्तै रौतहट जिल्लाको इन्चार्जमा बृजकिशोर यादव , सर्लाहीको इन्चार्जमा श्रीचन राय यादव , महोतरीको इन्चार्जमा सौरभ साह ,धनुषाको इन्चार्वमा सुरेन्द्र मण्डल र सिरहाको इन्चार्जमा विनोद यादवलाई तोकिएको जनमत पार्टीले जनाएको छ । जिल्ला संयोजक र इन्चार्जहरुलाई आ आफनो जिल्लामा संगठन विस्तार गरि जिल्ला कार्यसमिति गठन गर्न निर्देशन दिइएको अध्यक्ष राउतद्धारा जारी पत्रमा उल्लेख छ ।